यो पापका कारण भीष्म पितामह ६ महिनासम्म वाणको शैय्यामा रहनुपर्यो
२९ जनवरी, मंगलबार भीष्म पितामह जयन्ती हो । धार्मिक शास्त्र अनुसार माघ महिनाको कृष्णपक्षको नवमीमा भीष्म पितामह जयन्ती मनाइन्छ । भीष्म पितामह ६ महिनासम्म वाणको शय्यामा सुत्नुपरेको थियो । शैय्यामा सुतिरहेका बेला उनी ‘मैले के पाप गरेछु, जसका कारण यस्तो सहनु परेको छ ? भनेर सोच्ने गर्दथे । भगवान श्रीकृष्णले उनले गरेको पापबारे अवगत गराए ।
भगवान् कृष्ण जब भीष्म नजिकै आए तब उनले सोधे, ‘मैले यस्तो के पाप गरेको थिएँ कि म वाणको शैय्यामा सुत्नुपरेको छ तर सास रोकिएको छैन ?’
कृष्णले भने, ‘आफ्नो पहिलो जन्मलाई याद गर्नुहोस् त, त्यतिबेला तपाईंले के पाप गर्नुभएको थियो ?’
यसको जवाफ दिँदै भीष्म पितामहले भने, ‘मैले आफ्नो पहिलो जन्ममा रत्तिभर पनि पाप गरेको छैन ।’
यसबारे कृष्णले भने, ‘पहिलो जन्ममा तपाईं राजकुमार हुनुहुन्थ्यो र घोडामा सवार हुँदै तपाईं एकदिन कतै जाँदै हुनुहुन्थ्यो । त्यतिबेला तपाईंले एउटा नागलाई जमिनबाट उठाएर फ्याँक्नुभएको थियो जुन किलाकाँटामाथि बज्रिएको थियो । त्यसको ६ महिनापछि मात्र नागको प्राण गयो । त्यही कर्मको फलले नै आज तपाईं ६ महिनासम्म बाँणको शैय्यामा सुत्नुपरेको छ ।’
महाभारतमा कौरव र पाण्डवबीच भएको युद्धमा कौरवको सेनाको प्रतिनिधित्व गरिरहेका भीष्म पितामहले पाण्डवको सेनाको सामूहिक हत्या गर्न सुरु गरे । पाण्डव सेनामा हाहाकार मच्चियो । श्रीकृष्णले जब पाण्डव सेना समस्यामा भएको देखेपछि हतियार नउठाउने बचन दिँदा पनि उनी आफैं रथको पाङ्ग्रा हातमा लिएर भीष्म पितामहतर्फ दौडिए । श्रीकृष्णले शस्त्र उठाएको देखेर भीष्म पितामहले आफ्नो शस्त्र तल राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ