शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘छापामार शैली’मा बालुवाटारमा नेविसंघको ‘इन्ट्री’, तस्बिरमा हेर्नुहोस् प्रहरीको धरपकड

मङ्गलबार, १५ माघ २०७५, १३ : ३१
मङ्गलबार, १५ माघ २०७५

काठमाडौं– प्रहरीलाई छक्याउँदै नेपाल विद्यार्थी संघले बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गरेको छ । 

सरकारविरुद्ध सडक र सदनबाट आन्दोलन चर्काउने नीति अनुरुप नेविसंघले प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गरेको हो । 

प्रहरीलाई छक्याउँदै निषेधित क्षेत्र तोडेर प्रधानमन्त्री निवासको तीन नम्बर गेट अगाडि पुगेका नेविसंघका कार्यकर्ताले सरकारविरुद्ध चर्को नाराबाजीसहित सिस्टी फुक्दै विरोध प्रदर्शन गरेका थिए ।  

नेविसंघका नेता कार्यकर्ता छापामार शैलीमा निषेधित क्षेत्र प्रवेश गरेर नाराबाजी गर्न थालेपछि प्रहरीले लाठीचार्ज गर्दै धरपकड सुरु गरेको थियो । सो क्रममा प्रहरीले दुई दर्जन नेविसंघका नेता कार्यकर्तालाई पक्राउ गरेको बताइएको छ । 

पक्राउ पर्नेमा नेविसंघको नेताहरु सुशील भट्ट निरञ्जन थापा, सुवोध ओली, किरण भट्टराई, सन्तोष गुरुङ, शौरभ घिमिरे, सन्देश पन्तलगायत रहेका छन् । पक्राउ परेकाहरुलाई नेपाल पुलिस क्लबमा राखिएको बताइएको छ । 

यसअघि प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्ड प्रमणबाट फर्किने क्रममा पनि नेविसंघले विमानस्थलमै ओलीलाई कालोझण्डा देखाएको थियो । 

 निर्मला पन्तको हत्यारालाई कारबाही नगरेको, डा गोविन्द केसीको माग सम्बोधन  नगरिएको, काँग्रेसका नेताको नाममा राखिएको हस्पिटललाई विभेद गरिएको लगायतको आरोप लगाउँदै प्रधानमन्त्री ओलीलाई दवाव दिन सिस्टी जुलुस निकालिएको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप