शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शेयर बजार पुनः घट्यो

मङ्गलबार, १५ माघ २०७५, १६ : ३३
मङ्गलबार, १५ माघ २०७५

धितोपत्र बजारमा आज पनि शेयरको मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ३.८९ विन्दुले घटेर एक हजार १६०.९९ विन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.७८ विन्दुले घटेर २४६.४७ विन्दुमा झरेको छ । 

स्टकका अनुसार आज कूल १६३ कम्पनीको १० लाख ३५ हजार ७१ कित्ता शेयर रु ३० करोड आठ लाख १४ हजार ३८७ मूल्यमा खरीद बिक्री भएका छन् । कारोवार भएका कूल दश उपसमूहमध्ये आज तीन उपसमूहको शेयर बढेको छ भने सात उपसमूहको शेयर घटेको छ । 

बैंकिङ ३.१७, होटल १.६९, विकास बैंक ३.०७, जलविद्युत् १३.८५, निर्जीवन बीमा ६०.२३, लघुवित्त ६.१२ र जीवन बीमा १६.७५ विन्दुले घटेका छन् । यस्तै वित्त १.२८, उत्पादन ६.६ र अन्य उपसमूह १.२९ विन्दुले बढेका छन् । 

स्टकका अनुसार घटेको बजारमा सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले पाँच प्रतिशत बढी आम्दानी गरेका छन् । यस्तै सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, महिला सामुदायिक लघुवित्त वित्तीय संस्था, गुर्खाज फाइनान्स, मितेरी डेभलपमेन्ट बैंकका लगानीकर्ताले पनि कमाएका छन् । 

जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका लगानीकर्ताले भने आज सबैभन्दा बढी आठ प्रतिशतले गुमाएका छन् । मिथिला लघुवित्त वित्तीय संस्था, युनाइटेड मोदी हाइड्रोपावर, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, कन्काई विकास बैंकका लगानीकर्ताले चार प्रतिशत बढी गुमाएका छन् । त्यस्तै ललितपुर फाइनान्स, नागबेली लघुवित्त वित्तीय संस्था, सिभिल लघुवित्त वित्तीय संस्था, ङादी ग्रुपका लगानीकर्ताले तीन प्रतिशत बढी गुमाएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप