मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

ह्वावेले बार्सिलोनामा '५जी फोल्डेबल फोन' सार्वजनिक गर्ने

मङ्गलबार, १५ माघ २०७५, १७ : १४
मङ्गलबार, १५ माघ २०७५

काठमाडौं– चिनियाँ प्रविधि कम्पनी ह्वावेले बार्सिलोनामा आयोजना हुन गइरहेको आगामी मोबाइल वर्ल्ड कंग्रेस–एमडब्लुसी २०१९ मा पहिलो ५जी फोल्डेबल फोन सार्वजनिक गर्ने भएको छ ।

५जी मल्टी–मोड चिपसेट बलोङ ५ हजार र पहिलो कमर्सियल ५जी डिभाइस ह्वावे ५जी सीपीई प्रो सार्वजनिक गर्ने ह्वावेले जनाएको छ । आधिकारिक स्रोतका अनुसार बलोङ ५हजारले एउटै चीपमा २जी, ३जी, ४ जी तथा ५जी सपोर्ट गर्दछ ।

यसले प्रभावकारी रूपमा एउटा मोडबाट अर्को मोडमा जाँदा हुने फोन स्लो हुने र ब्याट्री घट्ने जस्ता समस्या उत्पन्न हुन नदिने ह्वावेले जनाएको छ । ५जी डाउनलोड तीव्र स्पीडका लागि बलोङ ५ हजार इन्डस्ट्रीकै पहिलो चिपसेट हो ।

५जीमा प्रयोग गर्ने प्रमुख स्पेक्ट्रम सब(६जीएचजेड लो फ्रिक्वेन्सी ब्यान्डले बलोङ ५हजारलाई ४.६ जीबीपीएससम्मको डाउनलोड स्पीड प्राप्त गर्न सहज गर्दछ । एमएम वेभ स्पेक्ट्रममा संचालन हुँदा हाई फ्रिक्वेन्सी ब्यान्डले ५जीका लागि एक्टेन्डेड स्पेक्ट्रमको प्रयोग गरी ६.५ जीबीपीएससम्मको डाउनलोड स्पीड प्राप्त गर्न सक्दछ ।

यो बजारमा अरू फोनहरूमा भएको ४जी एलटीईको अत्यधिक गतिभन्दा १० गुणा बढी हो । जनवरी २४ मा आयोजना भएको पत्रकार सम्मेलनमा ५जी चिपसेट र डिभाइस सार्वजनिक भएको थियो । त्यतिबेला ह्वावे कन्ज्युमर बिजनेस ग्र्रुप– सीबीजीका प्रमुख कार्यकारी अधिकारी– सीइओ रिचर्ड युएल्सोले सन् २०१८ मा सीबीजीको कुल बिक्री ५२ अर्ब डलर पुगेको बताए ।

उनले स्मार्ट फोनहरू, पीसी कम्प्युटर, ट्याब्लेट र वेयर एबल्सलगायतका सबै बिजनेस लाइनहरूमा हुने बिक्री प्रत्येक वर्ष अर्थात इयर टु इयर वृद्धि भएको बताए । नयाँ शक्तिशाली चिपसेट र डिभाइस र स्मार्टफोन बिजनेसको उत्कृष्ट व्यापारको खबरसँगै ५जी फोल्डेबल फोन ५जीको व्यापारमा प्रभुत्व जमाउने अर्को कदमका रूपमा ५जी फोल्डेबल फोनलाई लिइएको छ ।

स्मार्टफोन प्रविधिमा ल्याइएको यो उपलब्धिसँगै उच्च उत्पादन शुल्क लाग्न सक्ने भएकाले यो प्रविधियुक्त फोन ह्वावेको प्रिमियम फ्याल्गसीप सिरिज पी३० मा समावेश हुनसक्छ । पी ३० केही समयमा नै सार्वजनिक हुने आंकलनहरू गरिएका छन् ।

ह्वावेको आगामी फ्याल्गसीप लन्चको तस्वीरहरू इन्टरनेटमा लिक भएका छन् । तर पी ३० को लिक भएका तस्वीरहरू हेर्दा यो फोल्डेबल फोनजस्तो देखिन्न । यस्तो लाग्छ कि ह्वावेले गोप्य रूपमा काम गरिरहेको छ र अनलाइनमा लिक भएका तस्वीरहरू उत्सुक प्रयोगकर्ताहरूको ध्यान मोड्नका लागि मात्र हुनसक्छ ।

अधिकांश स्मार्टफोन उत्पादकहरूले पछिल्लो समयमा आफ्ना फ्ल्यागसीप उत्पादनहरू मुख्य मोबाइल वा प्रविधिसम्बन्धी सम्मेलनहरू– सीइएस, आईएफए वा एमडब्लुसीका क्रममा नभई अन्यत्रै सार्वजनिक गर्ने गर्दछन् ।

तर चर्को प्रतिस्पर्धाको यो समयमा ह्वावेले आगामी एमडब्लुसी २०१९ मा फ्ल्यागसीप लन्च गरेर सबैलाई आश्चर्यमा पार्न सक्दछ । फोन अरिनाका अनुसार ह्वावे किनोट इभेन्ट स्थानीय समयअनुसार फ्रेबुअरी २४ मा एमडब्लुसी २०१९ मा आयोजना हुँदैछ र त्यतिबेला नयाँ ५जीपी सिरिज सार्वजनिक हुनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप