बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

शुरु भयो क्यान इन्फोटेक, तस्विरमा हेर्नुहोस्

मङ्गलबार, १५ माघ २०७५, १८ : १९
मङ्गलबार, १५ माघ २०७५

राजधानीमा सुबिसु क्यान इन्फोटेक २०१९ मेला सुरु भएको छ । 

सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ र व्यवसायीहरुको छाता संगठन कम्प्युटर एसोसियसन नेपाल क्यान महासघले गरेको सुबिसु क्यान इन्फोटेक २०१९ को मंगलबार  सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले उद्घाटन गरेका हुन् । 

मेलाको उद्घाटन गर्दे मन्त्री बास्कोटाले डिजिटल नेपाल निर्माण गर्ने सरकारको योजनामा सबैलाई सहभागी हुन आह्वान गरे । प्रविधिमा गरिने लगानीको सुश्चितता सरकारले गर्ने भन्दै उनले विगतमा भएका गल्ती सच्याउदै अघि बढ्नुपर्नेमा जोड दिऐ । व्यापारीले आफुलाई फाईदा हुने काम र क्षेत्र मात्रै रोज्न सक्ने तर सरकारले त्यसो गर्न नसक्ने भन्दै उनले दुर्गम क्षेत्रमा प्रविधि पुर्याउने सरकारी योजनामा सहकार्य गर्न पनि आग्रह गरे ।

उनले विशेष आर्थिक क्षेत्रहरुमा आईटि क्षेत्रलाई पनि छुट्टै स्थान श्रृजना गर्ने गरी व्यवस्था गर्न सम्बन्धीत मन्त्रालयलाई पत्राचार गरिसकिएको जानकारी दिनुभयो ।

भृकुटीमण्डपमा मंगलबार देखि सुरु सुबिसु क्यान इन्फोटेक २०१९ मेला आगामी २० गते सम्म चल्ने छ । 

मेलामा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाईल एसेसेरिज, डिलर र डिस्ट्रिव्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसन्स, आईसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट, सफ्वेयर सोलुसन्स, पेमेन्ट सोलुसन्स लगायतका १ सय ७५ स्टल छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप