राजकुमारी र मटरदाना
हान्स क्रिश्चियन एन्डरसन विश्वविख्यात बाल कथाकार हुनुहुन्छ । सन् १८०५ मा डेनमार्कमा जन्मेका एन्डरसनले थुप्रै बालकथाहरु लेख्नुभएको छ । यहाँ सन् १८६५ ताका उहाँले लेख्नुभएको एउटा कथा हामीले छापेका छौं ।
एक समयको कुरा हो । एक जना राजकुमार थियो । ऊ एउटी राजकुमारीसँग विवाह गर्न चाहन्थ्यो । तर उसले विवाह गर्न चाहेकी राजकुमारी साँच्चिमै राजकुमारीको गुण भएको होस् भन्ने उसको चाहना थियो । आफूले चाहेको जस्तो राजकुमारी खोज्न ऊ संसारभरि डुल्यो । तर उसले आफूले भनेजस्तो राजकुमारी फेला पार्न सकेन। भेट्न त उसले थुप्रै राजकुमारीहरु भेट्यो तर साँच्चैकी राजकुमारीहरु कुन हो त भनी छुट्याउन उसलाई गाह्रो भयो । भेटिएका राजकमाुरीहरुमा उसले कुनै न कुनै खोट देख्यो । त्यसैले ऊ राजकुमारीबिना रित्तै हात घर फक्र्यो । खोजे जस्ती राजकुमारी फेला पार्न नसकेर ऊ उदास भयो । ऊ साँच्चैकी राजकुमारीलाई भेट्टाउन चाहन्थ्यो ।
एक साँझको कुरा हो । भयानक आँधी आयो । आकाशमा बिजुली चम्किरहेको थियो । आकाश डरलाग्दोसँग गर्जिरहेको थियो । मुसलधारे पानी बर्सिरहेको थियो । अचानक दरवारको मुख्य ढोकामा कसैले ढक्ढक् ग¥यो । बूढो राजा आफैं गएर ढोका खोल्यो । ढोकामा एउटी सुन्दर राजकुमारी उभिइरहेकी थिई । क्या गजबको दृश् य! पानी र हावाले गर्दा ऊ साँच्चै अनौठो देखिइरहेकी थिई । पानी उसको कपाल हुँदै खुट्टासम्म झरिरहेको थियो । तर पनि ऊ आफूलाई सक्कली राजकुमारी हुँ भन्दैथिई ।
“ठीक छ, सत्य कुरा हामीले केहीबेरमा थाहा पाइहाल्नेछौं”, बूढी रानीले मनमनै यस्तो सोची । तर उसले कसैलाई पनि केही भनिन । बूढी रानी सुत्नेकोठामा गई। उसले खाटमा पहिले बिछ्याएका सबै कुराहरु हटाई । त्यसपछि उसले खाटमा एउटा सानो मटरको दाना राखिदिई । अनि त्यसमाथि थप बीस वटा डसनाहरु ओछ्याई । फेरि त्यसमाथि पनि उसले अरु २० वटा नरम डसनाहरु बिच्छाई । त्यही खाटमा उसले राजकुमारीलाई सुताउने व्यवस्था गरी ।
बिहान राजकुमारीलाई राति निद्रा कत्तिको लाग्योे भनी सोधियो । जवाफमा राजकुमारीले भनी– “अहँ ! मलाई त आज रातभरि निद्रै लागेन । मुश्किलले एकछिन आँखा बन्द गरें हुँला ! भगवानलाई थाहा होला, त्यो ओछ्यानमा के थियो भनेर । तर म केही कडा चीजमाथि सुतिरहेकी थिएँ । त्यसैले गर्दा मेरा शरीरभरि काला नीला डामहरु बसे ।”
यो घटनापछि त्यो साँच्चैकी राजकुमारी रहिछ भनेर सबैले थाहा पाए । किनभने उसले चालीसवटा डसनामुनि राखिएको मटरको दाना पनि थाहा पाई । एउटी साँच्चैकी राजकुमारी मात्रै यति संवेदनशील हुन सक्थी ।
अब राजकुमारले साँच्चैकी राजकुमारी फेला पार्यो । उसले त्यसलाई विवाह गरेर पत्नी बनायो । राजकुमारीको ओछ्यानमुनि राखिएको त्यो मटरलाई एउटा संग्रहालयमा राखियो । चोरिएको रहेनछ भने त्यो मटरको दाना अझै पनि त्यस संग्राहलयमा गएर देख्न सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद