शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

हाम्रो छाला कति बाक्लो हुन्छ ?

मङ्गलबार, १५ माघ २०७५, २३ : ५४
मङ्गलबार, १५ माघ २०७५

छाला हाम्रो शरीरको सबैभन्दा बाहिरी भाग हो । यसका दुई तहहरु हुन्छन्– डर्मिस र इपिडर्मिस । हाम्रो आँखाले देखिने छालाको भागलाई इपिडर्मिस भनिन्छ । यो बलिया कोषहरुबाट बनेको हुन्छ । पुरानो भएपछि छालाको यो भाग मर्छ । त्यसरी मरेको कोषहरुको ठाउँमा नयाँ कोषहरु पलाउने गर्छ ।

त्यसरी इपिडर्मिसमा नयाँ कोषहरु बन्नको लागि छालाको भित्री भागमा रहेको भागले मद्दत गर्छ । त्यो भागलाई डर्मिस भनिन्छ ।

हाम्रो शरीरमा छालाको मोटाइ फरक फरक हुने गर्छ । शरीरको एक ठाउँमा हुने छालाको मोटाइ र अर्को ठाउँको छालाको मोटाइ फरक फरक हुने गर्छ । तर सालाखाला मोटाइ चाहिँ २ मिलिमिटर हुन्छ ।

छालाले हाम्रो शरीरका भित्री अंगहरुलाई किटाणु तथा हानिकारक कुराहरु, चोटपटकहरुबाट बचाउने गर्छ । यसले सूर्यको प्रकाशमा हुने हानिकारक किरणबाट पनि शरीरलाई बचाउने गर्छ । सूर्यमा हुने हानिकारक किरणलाई पराबैजनी किरण पनि भनिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप