बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पारिश्रमिक पाउने भएपछि काममा फर्किए मलेसियामा हडतालरत नेपाली कामदार

बुधबार, १६ माघ २०७५, ०९ : २५
बुधबार, १६ माघ २०७५

काठमाडौँ — मलेसियामा कार्यरत करिब २ हजार नेपाली कामदार काममा फर्कन सहमत भएका छन् । मलेसियाको डब्लूआरपी कम्पनीमा कार्यरत नेपाली कामदार तीन महिनादेखि तलब नपाएपछि हडताल बसेका थिए । 

सोमबारदेखि हडतालमा बसेका कामदारहरु सबै पारिश्रमिक पाउने भएपछि बुधबारबाट काममा फर्किएका हुन् । नेपाली दूतावास र मलेसियाको श्रम विभागका प्रतिनिधिको निगरानीमा आउँदो फागुन १६ सम्म (फेब्रुअरी २८) भित्र जनवरी महिनासम्मको न्यूनतम पारिश्रमिक र ओभरटाइमबापतको सबै पारिश्रमिक दिलाउने प्रतिबद्धता जनाएको छ । 
  
कम्पनीले सोमबार नै श्रमिकको खातामा नोभेम्बरसम्मको तलब हालिदिएको छ । डिसेम्बरको तलब फेबु्रअरी १५ र जनवरीको तलब फेब्रुअरी २८ सम्म भुक्तानी गर्ने तथा त्यसपछि पनि निरन्तर दिइरहने कम्पनीले जनाएको छ । 

कम्पनीको लिखित प्रतिबद्धतापछि नेपाली दूतावासले कामदारलाई काममा फर्किन अनुरोध गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप