शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

वैदेशिक रोजगारीमा गएका नेपालीलाई संचयकोष दिने याेजनाको स्वागत

बुधबार, १६ माघ २०७५, २२ : ५२
बुधबार, १६ माघ २०७५

लण्डन- गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सरकारले वैदेशिक रोजगारीमा गएका नेपालीलाई संचयकोषको व्यवस्था गर्न लागेकोमा स्वागत गरेकाे  छ । 
संघका प्रवक्ता भूषण घिमिरेले बुधवार एक विज्ञप्ति जारी गर्दै नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा गएकाहरुलाई देशको सामाजिक सुरक्षा र संचयकोषको सेवा उपलब्ध गराउने गरी व्यवस्था गर्न आवश्यक प्रकृया अगाडि बढाएकोमा गैरआवासीय नेपाली संघ नेपाल सरकार, विभागीय मन्त्री  माननीय गोकर्ण विष्ट, कर्मचारी संचयकोष लगायत सबै सम्बन्धित निकायहरुप्रति धन्यवाद ज्ञापन गर्दै आभार प्रकट गरेका छन् ।

 विज्ञप्तिमा 'यो विषयलाई निर्णायक तहमा पुर्याउन मन्त्रालयका तर्फबाट पछिल्लो समयमा भएको अध्ययनमा संघले विगत लामो समयदेखि उठाउँदै आएका हजारे अभियान लगायतका यससँग सम्बन्धित विषय, संचयकोषसँग भएका सम्झौता र कार्यान्वयनका सन्दर्भमा ध्यान दिनुपर्ने विषयहरुलाई समेत गम्भिरतापूर्वक लिइएको हामीले महशुश गरेका छौं । नेपाल सरकारको यो निर्णयको संघ सहर्ष स्वागत गर्दछ'  भनिएको छ । 

विज्ञप्तिमा 'गैरआवासीय नेपाली संघले यस अभियानलाई वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरुको सामाजिक सुरक्षा र भविष्यका लागि बचत हुने विषयका रुपमा मात्रै हेरेको छैन । यो अभियानले सानो सानो पूँजीलाई एकिकृत गरेर राष्ट्र निर्माणका ठूलठूला कार्यहरु गर्नसमेत योगदान पुग्ने विश्वास संघले लिएको छ । यही विश्वासका साथ संघले सन् २०१३ देखि नै यो विषयलाई हजारे अभियान (सामाजिक सुरक्षा कोष) का रुपमा अघि बढाउँदै आएको थियो । अव यो कार्यान्वयनको तहमा पुगेको सन्दर्भमा संघ र यसका अभियन्ताहरु खुसी भएरमात्र पुग्ने अवस्था छैन' । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप