शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यौनसम्बन्धी केही अनौठा तथ्यहरु

बिहीबार, १७ माघ २०७५, १० : ४६
बिहीबार, १७ माघ २०७५
  • यौनक्रिया गरिसकेपछि महिलाहरुले सामान्यतया निम्न कुरा गर्छन्ः

२ प्रतिशत  केही खानेकुरा खान्छन्

३ प्रतिशत धूमपान गर्छन्

४ प्रतिशत सुत्छन्

५ प्रतिशत नुहाउँछन्

८६ प्रतिशत आफ्ना बाँकी रहेका कामहरु पूरा गर्छन् ।

  • एउटा पुरुष चरोत्मकर्षमा पुगेर वीर्य स्खलन हुँदा उसको वीर्य स्खलनको गति प्रतिघण्टा अठ्ठाइस माइलसम्म हुनेगर्छ ।
  • तर जब योनीभित्र वीर्य स्खलित हुन्छ त्यसको गति सुस्त भएर हुन्छ । कतिसम्म भने वीर्यभित्र रहेका शुक्रकीटहरुले योनीभित्र हुने पाठेघरको मुख सर्भिक्ससम्म पुग्नकै लागि करिब ६ इन्चको दूरी पार गर्न पनि ५ मिनेटसम्म लाग्ने गर्छ । अझ सर्भिक्सभित्र पसेर अण्डासम्म पुग्नको लागि त शुक्रकीटलाई ७२ घण्टासम्मको समय लाग्न सक्छ ।
  • औसत रुपमा महिलाको तुलनामा पुरुषहरु बढी यौनका बारेमा सोच्ने गर्छन् । फुर्सद हुँदा पुरुषहरु प्रत्येक ७ सेकेण्डमा यौनकै बारेमा सोचिरहेका हुन्छन् ।
  • यौनक्रीडा गर्दा प्रत्येक घण्टामा ३६० क्यालोरी खर्च भइरहेको हुन्छ ।
  • भाइब्रेटर महिलाहरुको लागि यौनआनन्द प्रदान गर्ने एक साधनको रुपमा उपयोग गर्ने गरिन्छ । तर यो साधनको आविष्कार हिस्टेरिया पीडित महिलाहरुको उपचार पद्दतिको रुपमा भएको थियो । विशेष गरेर १९ औं शताब्दीमा हिस्टेरिया पीडित महिलाहरुको उपचार गर्ने क्रममा भाइब्रेटरको व्यापक प्रयोग हुने गर्थ्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप