शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मु्ट्ठीभरिका उत्तरहरु

बिहीबार, १७ माघ २०७५, १२ : ५२
बिहीबार, १७ माघ २०७५

एक युवा भिक्षु विद्यार्थी बजार जाँदैथिए । उनी आफू पढ्ने गुम्बाका लागि चाहिने तरकारी किन्नु थियो ।

बाटोमा उनले अर्को गुम्बाका अर्का भिक्षु विद्यार्थी भेटे ।

तपाईं कता जाँदै हुनुहुन्छ ? उनले सोधे ।

मेरो खुट्टाले जता लान्छ, उत्तरु यस्तो आयो ।

उत्तर सुनेर ती पहिलो भिक्षु विद्यार्थी तीनछक्क परे । उनले मनमनै सोचे, पक्कै पनि यसमा केही गहिरो अर्थ हुनुपर्छ ।

गुम्बा फर्केपछि उनले आफ्ना गुरुलाई त्यो कुराकानी सुनाए । त्यो कुरा सुनेर गुरुको मुहारमा हाँसो छायो । उनले आफ्ना शिष्यलाई भने, ‘तिम्रा खुट्टा नभएको भए चाहिँ तिमीले क गर्थ्यौं नि  भनेर पनि सोध्नु पर्थ्यो नि ।’

अर्को दिन बजार जाँदा उक्त भिक्षु विद्यार्थीले त्यही हिजो कै विद्यार्थीलाई भेटे । उनी खुसीले गदगद भए ।

तपाई कतातिर जाँदै हुनुहुन्छ ?’ हिजोकै जस्तो आज पनि उनले उही प्रश्न दोहोर्याए । अनि उत्तर आउनुभन्दा पहिल्यै उनले थपे, ‘आज पनि खुट्टाले जता लान्छ, त्यतैतिर नै हो ?...’

अर्का भिक्षुले मन्द हाँसोका साथ जवाफ दिए, ‘साथी तपाईंले गलत सोच्नुभयो, आज म हावाले जता लैजान्छ, त्यतैतिर जाँदैछु ।’

उत्तर सुनेर पहिलो भिक्षु विद्यार्थीको टाउको फन्फन्ती घुमेझैं भयो । उनले केही सोच्नै सकेनन् ।

गुम्बा फर्केपछि उनले त्यो कुरा आफ्ना गुरुलाई बताए । गुरुले भने, ‘तिमीले पनि सोध्नुपथ्र्यो नि, हावा नै नभएको भए चाहिँ कता जानुहुन्थ्यो भनेर ।’

केही दिन पछि ती भिक्षुले पहिलेकै भिक्षु विद्यार्थीलाई बाटामा देखे  । उनी दौडिएर ती भिक्षु विद्यार्थी भएतिर गए र पहिलेकै प्रश्न सोधे, यस पटक चाहिँ कता जाँदै हुनुहुन्छ । खुट्टाले वा हावाले जता लैजान्छ, त्यतैतिर कि अथवा....’

उनको प्रश्न पूरा हुन नपाउँदै ती भिक्षु विद्यार्थीले जवाफ दिए, ‘हैन हैन, आज त म तरकारी किन्न जाँदैछु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप