बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ओपो ब्रिनो सार्वजनिक, यस्ता छन् विशेषता

बिहीबार, १७ माघ २०७५, १८ : ३२
बिहीबार, १७ माघ २०७५

काठमाडौं– सेल्फी एक्स्पर्ट एण्ड लिडर ओपोले आधिकारिक रुपमा ब्रिनो सार्वजनिक गरेको छ । हालका लागि चाइना मात्रा सार्वजनिक गरिएको ब्रिनो छिट्टै नै अन्य देशमा पनि लैजाने ओपोको योजना छ । 

ब्रिनो, सम्वेदना, निर्णय लिने तथा सिक्ने क्षमताको सम्मिश्रणका साथ प्रयोगकर्तालाई प्राकृतिक मल्टिमोडल अन्तरक्रिया मार्फत ब्यक्तिगत ईन्टेलिजेन्ट सर्भिस दिने सोचका साथ विकसित ईन्टेलिजेन्ट एसिस्टेन्ट भएको ओपोले जनाएको छ ।

ब्रिनोले ओपोको हार्डवेयर, सफ्टवेयर र सर्भिस प्ल्याटफर्म विच समन्वय गरी प्रणालीगत अन्तरक्रिया गर्न मिल्ने प्राविधिक फ्रेमवर्कको निर्माण गर्छ । सेन्सिङ प्रविधिको प्राकृतिक मल्टिमोडल अन्तरक्रियासँगको समन्वयले ब्रिनोलाई प्रयोगकर्ताका आवश्यकता सहजै बुझ्न सक्ने बनाउन प्रयास गरिएको छ ।

प्राकृतिक भाषा बुझ्न सक्ने क्षमता, नलेज ग्राफ, कन्टेक्स्ट कम्प्युटिङ र ब्यक्तिगत सिफारिश जस्ता क्षमता सहितको संज्ञानात्मक प्रविधिले ब्रिनोलाई अझ सुक्ष्म रुपमा विश्व बुझ्ने क्षमता प्रदान गर्छ । 

ओपोका ग्लोबल भाइस प्रेसिडेन्ट तथा सफ्टवेयर ईञ्जिनियरिङ विजनेस विभागका अध्यक्ष एण्डि वुले भने ,‘भविष्यका लागि रणनैतिक उत्पादनका रुपमा ब्रिनोले स्मार्टफोन तथा अन्य ईन्टरकनेक्टेड बस्तुबीच रहेका बाधाहरु हटाउँदै प्रयोगकर्तालाई अन्तत्र्रिmयात्मक, थप सहज तथा चनाखो अनुभव प्रदान गर्नेछ ।

खुल्लापन, सेयरिङ तथा सह निर्माणका अवधारणा पालना गर्दै ब्रिनोले वाक कला र स्मार्ट सेवाको खुल्ला प्ल्याटफर्मका रुपमा डेभलपर्स तथा पार्टनर्सलाई थप उपकरण सम्म पहुँच बढाएर नयाँ सेवाहरु समाहित गर्दै आफैलाई ईन्टरकनेक्टेड उपकरणका लागि ईन्टेलिजेन्ट नियन्त्रण केन्द्रका रुपमा विकास गर्न सक्नेछ ।’

ब्रिनोका साथै कम्पनीले बेईजिङमा आयोजित ओपो डेभलपर्स कन्फरेन्स २०१८ सम्मेलनमार्फत ग्राभिटी प्लानको पनि घोषणा गरेको छ । यस योजनाको उद्देश्य एक बिलियन आरएमबी लगानीका साथ डेभलपर्सको सशक्तिकरण मार्फत ग्लोबल पार्टनर्स र डेभलपर्ससंग सहकार्यगर्दै ईन्टेलिजेन्ट सर्भिस ईकोलोजीको निर्माण गर्नु रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप