मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

लक्ष्मणले ल्याए ‘चिल गाडी’

बिहीबार, १७ माघ २०७५, २० : ५७
बिहीबार, १७ माघ २०७५

काठमाडौं । गायक लक्ष्मण चापागाईले नयाँ लोक दोहोरी गीत ‘चिल गाडी’ सार्वजनिक गरेका छन् । गायक सापकोटाले मातृभूमिमा हातमुख जोर्न समस्या भएपछि मुग्लान जानुपरेको बाध्यता गीतमार्फत बोलेका छन् । 

वैदेशिक रोजगारीमा जाने तयारी गर्दै गरेका पुरुषले आफ्नी श्रीमतीसँग गरेको संवादलाई सजीव चित्रण गरिएको गीतले आम नेपालीको बाध्यतालाई समेत उजागर गरेको छ । लक्ष्मणलाई स्वरमा विमला गैरेको साथ दिएकी छन् । 

गीतको भिडियो समेत निर्माण भएको छ । भिडियोमा हुर्केको छोराछोरीको लालनपालनको समस्या र बढ्दो ऋणबाट मुक्तिका लागि विदेश हिँड्न लागेको युवाको कथा र जहाजमा चढेर परदेशमा पुग्दा कथा प्रस्तुत गरिएको छ । 

लक्ष्मणंको शब्द तथा संगीतमा रहेको रत्यौली भाकाको उक्त गीतमा सजिना लामिछाने, रुपक लुईटेल, रबिना भण्डारी र मनिषा ढकालको अलवा बाल कलाकार पलपल चापाईंको समेत अभिनय देख्न सकिन्छ । गीतको भिडीयो शिवम पोखरेलले निर्देशन गरेका हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप