बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

एक दर्जन  बैङ्कको नाफामा छलाङ : प्रतिसेयर आम्दानी पनि बढ्यो, कुन बैङ्कका लगानीकर्ताको सेयर आम्दानी कति ?

शुक्रबार, १८ माघ २०७५, १० : २०
शुक्रबार, १८ माघ २०७५

बैङ्कहरूले दोस्रो त्रैमासमा उल्लेख्य नाफा गरेका छन् । एक दर्जन वाणिज्य बैङ्कले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

जसमा १२ वटै बैङ्कको नाफामा उत्साहजनक वृद्धि देखिएको छ ।  हामीले वित्तीय विवरण सार्वजनिक गरेका १२ वटा वाणिज्य बैङ्कको नाफा र प्रतिसेयर आम्दानीलाई लिएर विश्लेषण गर्न खोजेका छाँै ।

दुईवटा बैङ्कको प्रतिसेयर आम्दानी घटे पनि अन्य बैङ्कहरूको प्रतिसेयर आम्दानी भने बढेको छ । 

सातवटा बैङ्कको नाफा अर्बभन्दा माथि, नबिललाई पछ्याउँदै एनआईसी एसिया 
१२ वटा बैङ्कमा सातवटा बैङ्कको नाफा अर्बभन्दा माथि रहेको छ । हिमालयन बैङ्क, नबिल बैङ्क, इन्भेस्टमेन्ट बैङ्क, एसबीआई बैङ्क, ग्लोबल आईएमई, सिद्धार्थ र एनआईसी एसिया बैङ्कले अर्बभन्दा माथिको नाफा गरेका छन् ।

यसमा पनि सबैभन्दा बढी नबिल बैङ्कको रहेको छ । यसले  २ अर्ब १७ करोड ६८ लाख रुपैयाँ नाफा गरेको छ । यो गत वर्षको भन्दा १८.४५ प्रतिशत बढी हो । गत वर्ष १ अर्ब ८३ करोड रुपैयाँ नाफा गरेको थियो ।

प्रतिशतको हिसाबले सबैभन्दा बढी नाफा गर्ने बैङ्कमा एनआईसी एसिया दरिएको छ । बैङ्कले गत वर्षको यसै अवधिको तुलनामा १६४.३६ प्रतिशतले नाफा बढाएको प्रतिवेदन पेश गरेको छ । पुस मसान्तसम्म यसको नाफा १ अर्ब ५१ करोड १४ लाख रुपैयाँ रहेको छ । गत वर्ष ५७ करोड १७ लाख रुपैयाँ नाफा गरेको थियो । 

ता इन्भेस्टमेन्टले १ अर्ब ९७ करोड रुपैयाँ नाफा गरेको छ भने ग्लोबल आईएमईले १ अर्ब २२ करोड रुपैयाँ नाफा गरेको छ । नेपाल एसबीआईको १ अर्ब २ करोड, सिद्धार्थ बैङ्कले १ अर्ब ६ करोड रुपैयाँ नाफा गरेको  छ । 

सिद्धार्थ र इन्भेस्टमेन्ट बैङ्कको सेयर आम्दानी घट्यो
लगानीकर्ताको मुख्य चासो रहने गरेको प्रतिसेयर आम्दानीमा भने अर्ब रुपैयाँभन्दा बढी नाफा गरेका दुई वाणिज्य बैङ्कले निराश बनाएका छन् । सिद्धार्थ बैङ्क र नेपाल इन्भेस्टमेन्ट बैङ्कको प्रतिसेयर आम्दानी घटेको छ ।  सिद्धार्थ बैङ्कको प्रतिसेयर आम्दानी ०.१ रुपैयाँले घटेर २४.७० रुपैयाँ भएको छ । यता इन्भेस्टमेन्ट बैङ्कको ०.४६ रुपैयाँले घटेर ३३.९९ पैसामा झरेको छ । 
१० बैङ्कको लगानीकर्ताको सेयर आम्दानी बढ्यो

हिमालयन बैङ्क, लक्ष्मी बैङ्क,  नबिल, सनराइज, सानिमा, एसबीआई, सिटिजन्स, ग्लोबल आईएमई, माछापुछ«े र एनआईसी एसियाको सेयर आम्दानी बढेको छ । सबैभन्दा बढी एनआईसी एसियाको लगानीकर्ताको सेयर आम्दानी बढेको छ । दोस्रो त्रैमासमा एनआईसीको  प्रतिसेयर आम्दानी  ३४ रुपैयाँ ३१ पैसा रहेको छ । प्रतिसेयर आम्दानी भनेको एक कित्ता सेयरले कति कमायो भन्ने हो । गत वर्षको तुलनामा एनआईसी एसियाका लगानीकर्ताको सेयर आम्दानी २०.७ रुपैयाँले बढेको छ । 

स्रोत : सम्बन्धित बैङ्कको वित्तीय विवरणमा आधारित 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप