शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मोटरसाइकल दुर्घटनामा दुई युवकको मृत्यु

शुक्रबार, १८ माघ २०७५, ११ : ५९
शुक्रबार, १८ माघ २०७५

सिरहा–चोहर्वा सहायक सडकखण्डकोे पदमपुरमा जेसीभीले मोटरसाइकललाई ठक्कर दिँदा दुई युवकको घटनास्थलमै मृत्यु भएको छ ।

अनटेष्ट जेसीभीले स.५ प ८७४८ नम्बरको मोटरसाईकलालाई ठक्कर दिँदा मोटरसाइकल चालक सिरहा नगरपालिका ११ निवासी ३५ वर्षीय बिरेन्द्र पण्डित र सोही ठाउँका २८ वर्षीय दोरिक सदाको घटनास्थलमै मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता माधबराज खरेलले जानकारी दिए । 

जेसीभी र विपरित दिशाबाट आएको मोटरसाइकल एकआपसमा ठोकिएको प्रहरीले जनाएको छ ।

जेसीभीका चालक फरार रहेको र चालकको खोजी भइरहेको प्रवक्ता  खरेलले जानकारी दिएका छन्  ।

मृतक दुवैको शब पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिरहामा राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रामभरोसी यादव
रामभरोसी यादव

रामभरोसी यादव रातोपाटीका सिरहा संवाददाता हुन् ।

लेखकबाट थप