शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गर्भावस्थासँग जोडिएका पाँच झुट, जसलाई महिलाले वर्षौंदेखि सही मान्दै आएका छन्

शुक्रबार, १८ माघ २०७५, १२ : ५९
शुक्रबार, १८ माघ २०७५

एलिजाको विवाह भएको तीन वर्ष भइसकेको थियो । केही समयअघि उनको महिनावारी रोकियो । प्रियंकालाई आफू गर्भवती भएको हो कि भन्ने शंका लाग्यो र परीक्षण गरिन् । नतिजा पोजिटिभ निस्कियो । एलिजाका घरका सदस्यले उनी गर्भवती भएको थाहा भएपछि धेरै कुरा सिकाए । कसैले यो नखाउ भने  । कतिले यो नगर भन्न थाले । उनले घरका सदस्यले सिकाएको कुरा डाक्टरलाई पनि सोधिन् । त्यतिबेला थाहा भयो कि १० मध्ये ८ कुरा त झुटो थियो ।

गर्भवती महिलालाई टिप्सको रुपमा यस्ता विभिन्न कुरा बताइन्छ जुन सही हुँदैनन् । तीमध्ये केही भ्रम हुन्छन् जुन निकै वाहियात  हुन्छन् । यहाँ केही यस्ता भ्रम बारे जानकारी दिइएको छ जुन डाक्टर अनुराधा कपूरसँगको कुराकानीपछि तयार गरिएको हो । उनी दिल्लीको म्याक्स अस्पतालकी स्त्रीरोग विशेषज्ञ हुन् ।

झुट १ः गर्भावस्थामा व्यायाम गर्नुहुँदैन

डाक्टर कपूर भन्छिन्ः

‘गर्भावस्थामा व्यायाम गर्नुहुँदैन भन्ने मान्यता छ तर यो सही होइन् । वास्तवमा गर्भवती महिलाले व्यायाम गर्नैपर्छ । तर अत्यधिक धेरै भने होइन । तपाईंले यतिबेला निकै गह्रँगा वस्तु उठाउनु पनि हुँदैन । तर व्यायाम गर्नैपर्छ । यदि यसबारे शंका छ भने आफ्नो डाक्टरसँग सल्लाह लिनुहोस् । व्यायाम गर्दा ढाड दुख्दैन, जुन गर्भावस्थाको सबैभन्दा खराब पक्ष हो । साथै, निन्द्रा नलाग्ने समस्या पनि हटाउँछ ।

झुट २ः गर्भावस्थामा दुईजनाको लागि खाना खानुपर्छ

डाक्टर कपूर यसलाई ठाडै अस्विकार गर्छिन् । उनी भन्छिन्, ‘गर्भावस्थामा महिलालाई अत्यधिक धेरै खुवाइन्छ । उनीहरुलाई दुईजनालाई पुग्ने खाना खानुपर्ने सल्लाह दिइन्छ । तर यस्तो हुँदैन । तपाईंले आफ्नो खानामा तीनसय क्यालोरीलाई मात्र बढाउनुपर्ने हुन्छ । अर्थात्, तपाईं जे खानुहुन्छ त्यसमा प्रोटिनको मात्रा धेरै हुनुपर्छ । जस्तै, अण्डा, दुध, मासु, दाल आदि ।

डाइटलाई जति सन्तुलित राख्न सकियो, त्यति नै राम्रो हुन्छ ।

झुट ३ः गर्भावस्थामा यौनसम्पर्क गर्नुहुँदैनः

डाक्टर कपूर भन्छिन्, ‘गर्भावस्थाका बेला यौन सम्बन्ध स्थापित गर्न धेरैलाई सहज नलाग्न सक्छ तर यो तपाईंको लागि रत्तिभर पनि खतरनाक हुँदैन । तपाईं गर्भावस्थामा पनि मज्जाले यौनसम्पर्क गर्न सक्नुहुन्छ । तपाईंको गर्भावस्थाको अन्तिम हप्तामा यसले तपाईंको हर्मोनमा असर पुर्याउन सक्छ । तपाईंलाई छिट्टै प्रसव पीडा पनि हुनसक्छ । तर यो एउटा कुराबाहेक गर्भावस्थामा यौनसम्बन्ध स्थापित गर्नु निकै साधारण हो ।’

झुट ४ः सेतो रङको खानेकुरा खाँदा बच्चा गोरो जन्मिन्छ

यसबारे डाक्टर कपूर भन्छिन्, ‘यो साँचो होइन । खानाको रङ र बच्चाको छालामा कुनै सम्बन्ध छैन । यो वंशानुगत हुन्छ । कुनै पनि खानेकुराले बच्चालाई गोरो वा कालो बनाउने भन्ने हुँदैन ।

झुट ५ः सुत्केरी भएलगत्तै गर्भावस्थाको क्रममा बढेको तौल घट्छ

गर्भावस्थामा महिलाको ११.५ केजीदेखि १६ किलोसम्म तौल बढ्छ । तर सुत्केरी भएलगत्तै उनीहरुको तौल पाँच केजीजति कम हुन्छ । यो बच्चाको सालको तौल हो । साल एउटा यस्तो अंग हो जुन गर्भावस्थाका बेला बन्छ । गर्भवती हुँदा बढेको तौल घट्न कम्तीमा पनि एक वर्ष त लाग्छ, कहिलेकाँही त त्योभन्दा बढी पनि ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप