बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

हुन्डाइको नयाँ कोना ईलेक्ट्रिक एसयूभी कार सार्वजनिक

शुक्रबार, १८ माघ २०७५, १३ : ०५
शुक्रबार, १८ माघ २०७५

काठमाडौं– हुन्डाईको नेपालका लागि आधिकारक वितरक लक्ष्मी इन्टरनेशनलले नयाँ  कोना ईलेक्ट्रिक एसयूभी कार सार्वजनिक गरेको छ ।

यो कार हुन्डाइको पहिलो पूर्ण–ईलेक्ट्रीक सब कम्प्याक्ट एसयूभी हो । सबै प्रयोजनको लागि चलाउन मिल्ने डिजाइनको आधुनिक कार भएको कम्पनीले बताएको छ । कोना ईलेक्ट्रिक एसयूभीमा लिथियम आयोन पोलिमर ब्याट्री प्याकको पावर रहेको छ । सिंगल चार्ज गर्दा यसको ईलेक्ट्रिक ड्राईभिङ रेन्ज ३०० किलोमिटर भन्दा बढी (रिजेनेरेटिङ ब्रेकिङ इफेक्ट समेत) रहेको छ ।

कारको मुख्य विशेषताहरुमा टप–बटम एलईडी डीआरएलएस र हेडल्याम्प, ढाकिएको फ्रन्ट चार्ज पोर्ट, एलईडी रियर ल्याम्पहरु, अटोहोल्डको साथ ईलेक्ट्रिक पार्किङ ब्रेक, प्याडल सिफ्टर, तातो र हावाजाने अगाडिको सिटहरु, ताररहीत चार्जर (फोन), ६ एअरब्यागहरु (अगाडि र साइडमा थोरेक्स र पेल्भीस), हिल एसिस्ट कन्ट्रोल आदी छ ।

यो कारको सुरुवाती मूल्य ५१ लाख ९६ हजार रहेको छ । हुन्डाईले भविष्यमा विविध वातावरण मैत्री गाडी ल्याउने तयार गरेको बताएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप