शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अस्पतालबाट डिस्चार्ज भए पूर्व युवराज पारस

शुक्रबार, १८ माघ २०७५, १५ : २०
शुक्रबार, १८ माघ २०७५

काठमाडौं– पूर्व युवराज पारस शाहको स्वास्थ्यमा सुधार भएपछि शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका छन् । 

गत माग १४ गते हृदयाघात भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत शाहको स्वास्थ्यमा क्रमिक सुधार देखिएपछि आज डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

करिब ३ बजेर १० मिनेट जाँदा उनी अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

यसअघि, शाहको उपचारमा संलग्न प्राध्यापक डा. यादवदेव भट्टले पूर्वयुवराज शाह मुटुको मुख्य नसानै पूर्णरुपमा बन्द रहेको अवस्थामा अस्पताल आइपुगेको र २० मिनेटमा सफल उपचार गर्न सकिएको जानकारी दिएका थिए । 

बन्द रहेको मुटुको अवरोध खुलाउन कोरोनरी एन्जियोप्लाष्टी तथा स्टेन्ट प्रत्यारोपण कार्य सफलतापूर्वक सम्पन्न गरिएको उनको भनाई छ ।  

पूर्वयुवराज शाहलाई हृदयघात हुनुको मुख्य कारण वंशाणुगत भएको भट्टले बताए । 

पूर्वराजा ज्ञानेद्रद्रलाई पनि हृखयघातको समस्या भएको हुँदा पारसलाई पनि बंशाणुगत हृदयघात भएको र कालेस्ट्रोल बढी भएको जनाइएको छ । 

यसअघि पनि २ पटक हृदयघात भइसकेको हुँदा पारसको मुटु एकदमै कमजोर रहेको र स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने चिकित्सकहरुले बताएका छन् । 

पारसको उपचारमा प्रा. डा. यादवदेव भट्टको नेतृत्वमा डा। जेपि अग्रवाल, डा. नग्मा श्रेष्ठ  लगायत १४ जना स्वास्थ्यकर्मीको टिम खटाइएको थियो ।

अस्पताल भर्ना भएपछि छोरा पारसको स्वास्थ्य स्थितिबारे जानकारी लिन पूर्वरानी कोमल शाह सिमराबाट काठमाडौँ आएकी थिइन् । 

अध्ययनको सिलसिलामा थाइल्याण्ड बस्दै आएकी दुई छोरी पूर्णिका र कीर्तिकाका साथमा रहेकी पारस पत्नी हिमानी भने नेपाल फर्किनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप