मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

अब गोविन्द केसीको आशा राष्ट्रपतिमाथि,

अनशन तोड्दा जे देखियो (फोटोफिचर)

शुक्रबार, १८ माघ २०७५, १९ : ४४
शुक्रबार, १८ माघ २०७५

काठमाडौं । डा. गोविन्द केसीले चिकित्सा शिक्षा विधेयकमा राष्ट्रपतिले आफ्नो माग पुरा गर्ने विश्वास व्यक्त गरेका छन् । 

डा. केसीले शुक्रबार साँझ १६ औं अनसन तोड्दै सो विधेयक त्रुटीपूर्ण रहेको भन्दै राष्ट्रपतिले नेपाली विद्यार्थी र जनताको पक्षमा हुनेगरी विधेयक सच्याउनुपर्नेमा जोड दिए । 

उनले भने, प्रतिनिधिसभा र राष्ट्रियसभाबाट त्रुटीपूर्ण रुपमा पारित भएको छ, त्यसलाई सच्याउन राष्ट्रपतिले मात्र सक्नुहुन्छ । उहाँले सच्याउनुहुन्छ भन्नेमा विश्वस्त छु ।’ 

अहिलेसम्म नेपाली जनताको पक्षमा अनसन बस्दै आएको बताउँदै डा. केसीले आफ्ना माग पुरा नभए फेरि पनि १७ औं बस्न बाध्य हुने चेतावनी दिए । 

डा. केसीलाई अस्पतालका सफाई कर्मचारी अमरित पुजारी, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र पूर्वसभामुख दमननाथ डुंगानाले जुस पिलाएर अनशन तोडाएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप