मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सेक्सका कुराः चरमोत्कर्षका फाइदाहरु

शनिबार, १९ माघ २०७५, ०३ : ०७
शनिबार, १९ माघ २०७५

यौनक्रियाका दौरानमा प्राप्त हुने सम्पूर्ण सन्तुष्टिको अर्को नाम हो – चरमोत्कर्ष  (orgasms)  । चरमोत्कर्ष भनेको खालि यौन आनन्दको प्राप्ति मात्र हैन । विभिन्न अध्ययन एवं अनुसन्धानहरुले चरमोत्कर्षका विभिन्न स्वास्थजन्य फाइदाहरु पनि हुने देखाएको छ । आउनुहोस्, ती फाइदाहरुबारे संक्षिप्तमा जानकारी लिऔं ।

निद्रा लगाउने औषधि :

 छोटो समयमै सम्पन्न हुने यौनक्रियाले तपाईंलाई पूरै रातभर आराम दिलाइदिन सकछ । हालै १८०० महिलाहरुमा गरिएको सर्वेक्षणमा ३० प्रतिशत महिलाहरुलाई यौनक्रिया प्राकृतिक रुपमा लठ्याउने औषधीको रुप काम गरेको पाइयो ।

रक्तप्रवाहमा मद्दतगार :

यौनक्रियाको दौरानमा प्राप्त हुने चरमोत्कर्षले मानिसको रक्तप्रवाहमा बृद्धि हुने गर्छ ताकि प्रजनन अंगहरुमा पर्याप्त मात्रामा रगत पुग्न सकोस् । अनुसन्धानकर्ताहरुका अनुसार, यो क्रियाले हाम्रा शरीरका कोषहरुमा अक्सिजनको मात्रा पर्याप्त मात्रामा पुगेर तिनलाई स्वस्थ राख्न सहयोग पुग्छ ।

मुटुको राम्रो व्यायाम :

त्यसो त यौनक्रियालाई दैनिक रुपमा गरिने व्यायामको विकल्पको रुपमा लिन सकिन्न तर अध्ययनहरुले के देखाएको छ भने यौनक्रियाको दौरानमा प्राप्त हुने चरमोत्कर्ष हाम्रो मुटुको लागि राम्रो व्यायाम साबित हुन सक्छ । यौनक्रिया र चरमोत्कर्षको बेला हाम्रो मुटुको चाल छिटो हुन्छ, रक्तचाप बढ्छ र साथसाथै स्वासप्रस्वास क्रिया पनि छिटोछिटो हुन्छ ।

यसले व्यायामको बेला दौडदाको जस्तै फाइदा त हुन्छ नै, साथसाथै त्यसबेला शरीरबाट इन्ड्रोफिन हर्मोन पनि पैदा हुन्छ । मुख्यतः पिट्युटरी ग्रन्थीमा उत्पादन हुने र हाम्रो मस्तिष्कबाट इलेक्ट्रिकल संकेतहरुलाई स्नायु प्रणालीमा प्रवाह गर्न न्युरोट्रान्समिटरको रुपमा काम गर्ने इन्ड्रोफिनले तनाव र पीडाबाट मुक्ति दिलाउन मुख्य भूमिका निर्वाह गर्ने गर्छ ।

मुड फ्रेस गराउँछ :

मुड ठीक छैन, उदास मन छ, यस्तो बेलामा यौनक्रियाबाट प्राप्त हुने चरमोत्कर्षले तपाईको मुड फ्रेस गराइदिन सक्छ । किनभने, यौनक्रिडामा चरमोत्कर्षको बेला इन्ड्रोफिनका साथसाथै डोपामिन र अक्सिटोसिन हर्मोनहरु पनि पैदा हुन्छ । स्वास्थ्य विज्ञानमा  यी तिनवटै हर्मोनहरुलाई मानिसको मुड फ्रेस गराउने तत्वको रुपमा लिइने गरिन्छ । डोपामिन हर्मोनले मासिनको मस्तिष्कको आनन्द तथा खुसी पैदा गर्ने केन्द्रलाई नियन्त्रण गर्ने गर्छ । यसले हाम्रो गतिविधि तथा भावनात्मक प्रतिक्रियाहरुलाई नियमित गर्ने काम गर्नुका साथसाथै रमाइला कुराहरु अनुभूति गर्ने र त्यसतर्फ आकर्षित गराउने काम गर्छ ।

एउटा निश्चित प्रकारको डोपामिनले त मानिसहरुलाई साहसिक कार्यतर्फ समेत उत्प्रेरित गर्ने गर्छ । त्यसै गरी अक्सिटोसिनले चाहिँ एकअर्काप्रतिको भावनात्मक समर्पण र प्रेमलाई अझ बलियो र प्रभावकारी बनाइदिन्छ ।

मस्तिष्क स्वस्थ राख्छ

चरमोत्कर्षले मुटुलाई मात्र हैन, मस्तिष्कलाई समेत स्वस्थ राख्न सहयोग गर्छ । विशेषज्ञहरुका अनुसार, चरमोत्कर्षको बेलामा बढ्ने रक्तप्रवाहका कारण मस्तिष्कले पर्याप्त मात्रामा अक्सिजन प्राप्त गर्ने गर्छन् । एक अध्ययनको सिलसिलामा एमआरआइ गरेर हेर्दा सामान्य अवस्थामा भन्दा चरमोत्कर्षको बेलामा महिलाको मस्तिष्कले बढी मात्रामा अक्सिजन उपयोग गर्ने गरेको पाइयो ।

प्राकृतिक पीडान्तक

सुन्दा अनौठो र हासो लाग्दो कुरा लाग्न सक्छ, तर यौनक्रिया र त्यस दौरानमा प्राप्त हुने चरमोत्कर्षले प्राकृतिक रुपमा नै पीडानासक औषधी ९एबष्लपष्ििभच० को काम गर्ने गर्छ । विशेष गरी, माइग्रेन र महिनावारीको बेलामा हुने पीडामा त यो निक्कै फाइदाजनक हुने अध्ययनहरुले देखाएको छ ।

तनावबाट मुक्ति दिने

भागदौड र हतारो बीच बित्ने आधुनिक जीवनको सबैभन्दा ठूलो बाइप्रोडक्ट तनाव भएको छ । तनावबाट आराम पाउन औषधीको सहारा लिनुपर्ने अवस्था बढ्दो छ । यस्तो अवस्थामा यौनक्रियाको दौरानमा उत्पादन हुने हर्मोनहरुले तनावबाट मुक्ति दिलाउने काम त गर्छ नै साथसाथै यौनक्रियाले भागदौडको जिन्दगीबीच ब्रेकको काम पनि गर्छ ।

चमक बढाइदिन्छ

यौनक्रियाबाट प्राप्त हुने सन्तुष्टिले मानिसको छालाको चमक बढाइदिने गर्छ । यो आम रुपमा प्रचलित भनाइ हो । यो भनाइमा सत्यता पनि छ । यौनक्रियाको बेलामा पैदा हुने DHEA (dehydroepiandrosterone) हर्मोनले मानिसको छालालाई स्वस्थ र चम्किलो बनाउने काम गर्छ ।

यसबाहेक, यौनक्रिया र चरकोत्कर्षले मानिसको आत्मविश्वास अभिबृद्धि, शरीरको रोग प्रतिरोधी क्षमता बलियो, खुुसी बढाउने, प्रोस्टेट क्यान्सरको खतरा कम गराउने काम गर्नुका साथसाथै पार्टनरबीच आपसी आत्मीयतामा पनि अभिबृद्धि गराउने काम गर्छ ।

तथ्य स्रोतः विभिन्न एजेन्सीहरु

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप