शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

शिक्षा क्षेत्रमा लगानी गर्न सरकार तयार छ : अध्यक्ष तिमिल्सिना

शनिबार, १९ माघ २०७५, १९ : ४६
शनिबार, १९ माघ २०७५

बलेवा । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले शिक्षा क्षेत्रमा लगानी गर्न सरकार सधैँ तयार रहेको बताएका छन् । 

निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) गण्डकी प्रदेशको दोस्रो अधिवेशनको आज बागलुङमा उद्घाटन गर्दै उनले भने, ‘देशको समृद्धिको आधार शिक्षा भएकाले सरकारले शिक्षा क्षेत्रलाई प्राथमीकतामा राखेको छ ।’ 

अध्यक्ष तिमिल्सिनाले भने, ‘दक्ष जनशक्ति विना देश विकासको परिकल्पना गर्न असम्भव छ, देशको समृद्धिका लागि उत्पादनमूलक शिक्षा आवश्यक छ, त्यसैले उत्पादनमूलक शिक्षामा लगानी वृद्धि गर्न सरकार तयार छ ।’

शिक्षा क्षेत्रमा पनि विभिन्न खालका विभेद, विकृति र असहमति रहेकाछ, त्यसको न्यूनीकरणका लागि सरकारले पहल थालनी गर्ने र शैक्षिक माफियालाई कारवाहीको दायारामा ल्याउने बताउँदै उनले शैक्षिक माफियाका कारण शिक्षा क्षेत्रमा सोचे अनुरुपको विकास र लगानी गर्न नसकिएको धारणा व्यक्त गरे । 

अध्यक्ष तिमिल्सिनाले शिक्षा क्षेत्रको विकास तथा विस्तारका लागि सामुदायिक तथा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप