बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

निकिता पौडेल बैठकमा अनुपस्थित भएपछि सञ्चारमन्त्री रुष्ट

आइतबार, २० माघ २०७५, १७ : २०
आइतबार, २० माघ २०७५

काठमाडौं– मन्त्रालयका विभिन्न बैठकमा मातहतका विभागीय प्रमुखहरु नै अनुपस्थित हुन थालेपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटा ‘एक्सन’मा उत्रने भएका छन् । 

आइतबार मन्त्रालयको एक आन्तरिक बैठकमा चलचित्र विकास वोर्डकी अध्यक्ष निकिता पौडेल अनुपस्थित बनेपछि मन्त्री बास्कोटाले अटेर गर्ने प्रमुखहरुलाई कारवाही गर्ने चेतावनी दिएका हुन् । 

मन्त्रालय स्रोतका अनुसार आइतबार चलचित्र विकास बोर्डको प्रगतिविवरणसम्बन्धी एजेण्डामा छलफल गर्ने कार्यक्रम थियो । तर, बैठकमा वोर्ड अध्यक्ष नै अनुपस्थित भएपछि मन्त्री बास्कोटा आक्रोशित बनेका हुन् । 
‘चलचित्र विकास बोर्ड अध्यक्ष आउनुभएन ?’ मन्त्रीले यस्तो प्रश्न गरेपछि सहसचिव राधिका अर्यालले उपस्थित नभएको जवाफ दिएकी थिइन् । 

त्यसपछि ‘छुट्टी लिएको भए रेकर्ड हुनुपर्यो, हैन भने स्पस्टीकरण सोधेर कारवाही प्रकृया अगाडि बढाउनुस्, सधैं यसरी मनपरि गर्न कसैलाई पनि छुट छैन’ भन्दै मन्त्री बास्कोटाले निर्देशन दिएका थिए । 

निकितालाई शेरबहादुर देउवा नेतृत्वको सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।

 पछि केपी ओली नेतृत्वको सरकारले उनलाई पदबाट हटाउने निर्णय गरेको भएपनि सर्वोच्चको आदेशपछि पुनः काममा फर्किएकी थिइन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप