शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एक वर्षभित्र क्यान्सरको सटिक उपचार: इजरायलका वैज्ञानिकहरुको दावी

सोमबार, २१ माघ २०७५, १३ : ०६
सोमबार, २१ माघ २०७५

एजेन्सी । इजरायली वैज्ञानिकहरुले आफूहरुले अर्को वर्षसम्म क्यान्सरको उपचार विकास गर्ने दावी गरेका छन् । तर, केही विज्ञहरुले भने इजरायलको यस दाबीमाथि आशंकका व्यक्त गरेका थिए ।

केही महिनाअघि मात्रै क्यान्सरको एक उपचार विधि इम्युनोथेरापी विकास गरेबापत जेम्स एलिसनले नोबेल पुरस्कार जितेका थिए । त्यतिबेला उनले भनेका थिए, “हामीहरु चाँडै क्यान्सरको उपचारको केही नजिक पुग्नेछौँ । तर, विश्व कहिले पनि क्यान्सर मुक्त भने हुनेछैन ।”

उक्त समय उनले मेलानोमासहित केही प्रकारका क्यान्सरको उपचारमा भने उलेख्य प्रगति भएको बताएका थिए ।

तर गत जनवरी २९ मा इजरायलस्थित एक्सेलेरेटेड इभोलुसन वायोटेक्नोलोजी लिमिटेडले उनलाई गलत सावित गरेको दावी गरेको थियो ।

‘पेप्टाइड्स’ भनिने सुक्ष्म प्रोटिनका टुक्राहरुको जालो प्रयोग गरेर उनीहरुले क्यान्सरको कोषलाई अक्टोपसले जस्तो बेर्ने विधि पत्ता लगाएको बताएका छन् । उनीहरुका अनुसार सो जालोलाई क्यान्सरको कोषमाथि विविध कोणहरुबाट आक्रमण गराउन सकिन्छ । उनीहरुका अनुसार यो विधिमा अन्य उपचार विधि पुग्न नसक्ने स्थानका ट्युमरको पनि उपचार हुनेछ ।

उनीहरुको दाबी छ, ‘पेप्टाइड्स यति मिहिन हुन्छ कि ती शरिरको रोग प्रतिरोधात्मक प्रणालीको नजरमा समेत नपरी ट्युमरसम्म पुग्न सक्छन् । यसले गर्दा ट्युमरबाट त्यसविरुद्ध प्रतिरोध हुदैंन र फलस्वरुप विरामीमा वाकवाकी र ‘केमो ब्रेन’ जस्ता ‘साइड इफेक्ट’ हुदैंन ।’

आलोचकहरुले यो विधि यस अघि नसुनिएको र आशाप्रद भएको भए पनि ‘उपचार’ बारे आएको दावी भने अतिशयोक्तिपूर्ण भएको बताएका छन् । हालसम्म यसको परिक्षण मुसामा मात्र गरिएको छ र मानवमा परिक्षण शुरु गर्न वर्षौँ लाग्ने उनीहरुको आशंका छ ।

क्यान्सरका धेरै प्रकार रहेकाले यी सबैको एउटै समाधान विकास गर्ने सम्भावना अत्यन्त न्यून रहेको क्यान्सरविदहरुमा पहिले देखि एक मत रहँदै आएको छ ।

इजरायली अनुसन्धानकर्ताहरुले पनि ‘हालसम्मै सबैभन्दा उत्कृष्ट’ भनिएको उपचारलाई बल पुग्ने तथ्याकंहरु सार्वजनिक गरेका छैनन् । प्रकाशित भएको सामाग्रीमा ‘मुसामाथिको प्रारम्भिक खोज’बारे एक इजरायली पत्रिका ‘द जेरुसेलम पोष्ट’मा दिइएको अन्तरवार्ता हो । त्यसमा प्रयोग सफल भएको दावी छ ।

“सबै प्रकारका क्यान्सरहरुको उपचार दावी गरिएको इजरायली वैज्ञानिकहरुको रिपोर्टलाई ‘पियर रिभ्यु’ आलेखमा प्रकाशनमार्फत प्रमाण दिइएको छैन । न त यसको चिकित्सिय रुपमा मानवमा परिक्षण गरिएको छ । यसैले उनीहरुको दावीलाई ठूलो संशयको साथ हेरिनुपर्छ,” डा. भिन्स लुकाले भने । लुका मोफिट क्यान्सर सेन्टरका क्यान्सर वायोलोजीका सहायक प्राध्यापक हुन् ।

तर यसको मतलब यसले केही हदसम्म कामै गर्दैन भन्ने होइन ।

“हामीहरु त्यस्तो युगमा बाँचिरहेका छौं जहाँ धेरै उत्साहप्रर्दक विकासहरुले क्यान्सरका विरामीको उपचारमा सकारात्मक प्रभाव पारिरहेको छ । यो विधिले पनि केही सकारात्मक कुरा थपोस् र सफल होस् भन्ने हामीहरु आसा गर्छौँ,” एसीएसका प्रमुख मेडिकल अफिसर तथा एमडी डा.लेन लिचटेफेल्डले भने, ‘क्यान्सरको उपचारको क्षेत्रमा ठूल्ठूला उपलब्धीहरु हासिल भइरहेको भए पनि हामीहरु अझै यस रोगलाई निर्मुल पार्ने अवस्थाबाट निक्कै टाढा छौँ ।’

मोफिट् क्यान्सर सेन्टरको जनसंख्या विज्ञान शाखाका सहायक निर्देशक डा. शेली एस ट्वरोगरले हामीहरुको जीवनशैलीमा गरिने परिवर्तनले धरै प्रकारको क्यान्सरलाई रोकथाम हुन सघाउ पुग्ने बताइन् । यसमा ध्रुमपान रोक्ने, खानपानमा सुधार गर्ने र शारिरिक क्रियाकलाप बढाउने, तौल घटाउने र एचपीभी खोप जस्ता विकल्प सुझाइन् ।

विज्ञहरुले यी कदमहरुबाट रोकथाम गर्न सकिने क्यान्सरलाई कम प्राथमिकतामा दिएर बाँकी प्रकारका क्यान्सरमा स्रोतहरुलाई केन्द्रीत गरिनुपर्ने बताएका छन् ।

नयाँ विकासले गर्दा एक दिन हामीहरु क्यान्सरको रोकथाममा निक्कै कुसल हुनसक्छौँ र सम्भवत त्यो विन्दूमा पुग्नेछौं जहाँ यो एचआईभीजस्तो उल्लेख्य उमेर लम्बाउन सक्ने रोग हुनसक्छ ।

तर पनि इजरायली समूहले कल्पना गरेजस्तो सबै प्रकारको क्यान्सरहरुलाई नष्ट गर्ने ‘एउटै गोली’को सम्भावना भने देखिँदैन ।

–डेली मेलबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप