बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

यो साता बजारमा नयाँ गीत : नचाउनेदेखि रुवाउनेसम्म

मङ्गलबार, २२ माघ २०७५, ११ : ३४
मङ्गलबार, २२ माघ २०७५

काठमाडौ – यो साता पनि विभिन्न नयाँ गीत संगीत बजारमा भित्रिए । अघिल्लो साताको तुलनामा यो साता संख्यामा भने केही कमी देखियो । आएका गीत मध्य पनि कोही नचाउने खालका रहेका छन्, भने केही रुवाउने खालका छन् । यस्ता छन् यो साता बजारमा आएका गीत संगीतः

‘कर्के नजर’
काठमाडौं– गायक सन्जिब पराजुली र गायिका टीका प्रसाईंको गीत ‘कर्के नजर’ को भिडियो सार्वजनिक भएको छ । गीतकार आनन्द अधिकारीको शब्द रहेको उक्त गीतमा संगीत तथा एरेन्ज आशीष अविरलको छ । यो गीत सन्जिब र टिकाको संयुक्त एल्बम ‘सँग सँगै’मा समावेश छ ।
भिडियोमा भाइब एण्ड वेब ग्रुपसँगै राहुल शाह, अलीशा शर्मा र बाल कलाकारद्वय आर्या केसी र रन्जिता कर्माचार्य फिचर्ड छन् । भिडियोमा राहुलकै निर्देशन छ । भिडियोमा पवन सुस्लिङको सम्पादन तथा छायांकन छ । 
गायक सन्जिब र गायिका टिकाले यसअघि गाएको ‘नाइँ मलाई थाहा छैन’, ‘तिमी मलाई मन पर्छ’, ‘पहिलो भेटैमा’, ‘अलि अलि गर्दै’ बोलका गीत चलेका गीत हुन् । 

‘दुलाहा राजा मायालु’
काठमाडौं – गायक मेक्सम खाती र गायिका जुनाश्री मगरको स्वरमा ‘दुलाहा राजा मायालु’ बोलको पञ्चेबाजा गीत रिलिज भएको छ । गीतमा संगीतकार नरेश खातीले संगीत दिएका छन् । गीतका शब्द नरेश खाती र रमेश भट्टले लेखेका हुन् । गीतका शब्द, लय र म्युजिक भिडियो निर्माणमा विशेष ध्यान दिइएको छ ।
लोकभाकामा रहेको ‘दुलाहा राजा मायालु’ले लोप हुने अवस्थामा जाँदै गरेको पञ्चेबाजालाई प्रयोग गरिएको छ । ‘पञ्चेबाजालाई संरक्षण गर्ने दायित्व हामी कलाकार र सर्जकहरूको हो’, संगीतकार नरेश खातीले भने, ‘पञ्चेबाजा प्रयोग गर्दा हाम्रो टिमले राम्रो काम गर्ने प्रयास गरेका छौँ ।’
गोरक्ष म्युजिक प्रालिले बजारमा ल्याएको यो गीतको म्युजिक भिडियोमा रिना थापासहितका कलाकारले अभिनय गरेका छन् ।

‘बग्ने खोला बगी गो’
काठमाडौं –नेपाल आइडलबाट चर्चामा आएका प्रताप दासको  नयाँ गीत ‘बग्ने खोला बगी गो’ सार्वजनिक भएको छ । गीत प्रताप दासलाई गायिका भावनाले साथ दिएकी छन् । 
दीपक शर्माको शब्द संगीत रहेको उक्त गीतको भिडियोमा निशा पुरीलगायतको अभिनय देख्न सकिन्छ । 
देबेन्द्र पाण्डेको निर्देशनमा तयार भएको गीतको कोरियोग्राफी पनि स्वयम निर्देशकले नै गरेका छन् । भावनाको उक्त गीतको म्यूजिक भिडियो सार्वजनिक भएसँगै राम्रो प्रतिकृया पाएकी गायिका यो गीतलाई लिएर निक्कै उत्साहित देखिन्छिन् । 

‘कुम जोडी नाचौ लाग्यो’

काठमाडौं – संचारकर्मी तथा गायक किशन रेग्मी र गायिका रेस्मा केसीको ‘कुम जोडी नाँचौ लाग्यो’ गीत भिडियो सार्वजनिक भएको छ । गीतकार शिव शर्मा चञ्चलको शब्द र यस जी योगीको संगीतमा रहेको ‘कुम जोडी नाचौं’ गीत युएस मिडिया नेटवर्कको युटुव च्यानल मार्फत भिडियो सहित सार्वजनिक भएको हो । 
निर्देशक तथा अग्रज कलाकार शिशिर राणाको निर्देशनमा बनेको यो गीतको भिडियोमा मोेडल द्वय निकोलस अर्याल र एन्जल श्रेष्ठको अभिनय रहेको छ । ललितपुरको भैंसेपाटीमा छायाँकन गरिएको यस भिडियोमा शिव ढकालको छायांकन रहेको छ । 
रेग्मीको यस अघिको’ कान्छी हे कान्छी गीत’लाई पनि स्रोता दर्शकले अत्याधिक रुचाएका थिए । नेपाल रहँदा दाङको रेडियो मध्यपश्चिम र स्वर्गद्वारी एफ एममा लामो समय काम गरेका रेग्मी दाङ चलचित्र पत्रकार महासंघका संस्थापक अध्यक्ष समेत हुन् ।

‘चिल गाडी’
काठमाडौं– गायक लक्ष्मण चापागाईले नयाँ लोक दोहोरी गीत ‘चिल गाडी’ सार्वजनिक गरेका छन् । गायक सापकोटाले मातृभुमीमा हातमुख जोर्न समस्या भएपछि मुग्लान जानु परेको बाध्यता गीत मार्फत बोलेका छन् । 
बैदेशिक रोजगारीमा जाने तयारी गर्दै गरेका पुरुषले आफ्नी श्रीमतीसँग गरेको संवादलाई सजिव चित्रण गरिएको गीतले आम नेपालीको बाध्यतालाई समेत उजागर गरेको छ । लक्ष्मणलाई स्वरमा बिमला गैरेको साथ दिएकी छन् । 
गीतको भिडियो समेत निर्माण भएको छ । भिडियोमा हुर्केको छोराछोरीको लालनपालनको समस्या र बढ्दो ऋणबाट मुक्तिका लागि विदेश हिँड्न लागेको युवाको कथा र जहाँजमा चढेर परदेशमा पुग्दा कथा प्रस्तुत गरिएको छ । 
लक्ष्मणंको शब्द तथा संगीतमा रहेको रत्यौली भाकाको उक्त गीतमा सजिना लामिछाने, रुपक लुईटेल, रबिना भण्डारी र मनिषा ढकालको अलवा बाल कलाकार पलपल चापाईंको समेत अभिनय देख्न सकिन्छ । गीतको भिडीयो शिवम पोखरेलले निर्देशन गरेका हुन् । 

‘नफर्किने बाटो’
काठमान्डौ – मेश परियार र सपना परियारको प्रस्तुतिमा गायक शितल गुरुङ र गायिका सपना परियारको आवाजमा सजिएको निकै मार्मिक लोक दोहोरी गीत ‘नफर्किने बाटो’ बजारमा आएको छ  ।
रमेश परियारकै शब्द रहेको गीतको भिडियो पनि बनेको भिडियोमा सुरेश श्रेष्ठको छायाँकन, दिपक विष्टको सम्पादन, काजिश श्रेष्ठको निर्देशन रहेको छ । गीतमा मिलन र आशिकाको अभिनय रहेको छ ।

‘सम्झनाले रुवायो’
काठमाडौं –गायिका विष्णु माझी र गायक राजु मगरको आवाज रहेको लोकदोहोरी ‘सम्झनाले रुवायो ’ गीतको भिडियो बजारमा आएको छ ।
मायालुको अभावमा भौतारिनु पर्दाको कहालि लाग्दो पिडालाई गीतमा समेटिएको छ । मायालुले जीवनमा छोड्दा मनमा पिडा भएको कुरा गीतमा ब्यक्त गरिएको छ । 
राजु मगर र सुरेश मगरको शब्द र सुरेश मगरको लय रहेका गीतको भिडियोमा मुकेश हुमाँगाईँको छायाँकन, अविनास डिसीको सम्पादन, बविता श्रेष्ठको निर्देशन छ । भिडियोमा साया भण्डारी र विमल अधिकारीको अभिनय देख्न सकिन्छ ।

‘खेतको फाटैमा’
काठमाडौं – गायिका जुना विश्वकर्माको स्वर रहेको एकल लोक गीत ‘ खेतको फाटैमा’को भिडियो बजारमा आएको छ । गीतको भिडियोलाई न्यु अन्जना डिजिटल मिडिया प्रालीले बजारमा ल्याएको हो। 
गीतमा जीवनका दुःख र सुखका विभिन्न चरणलाई समेटिएको छ । जीवनबाट हार मानेकी गायिकाले प्रेमीलाई भुल्न नसक्केको कुरा गीतमा ब्यक्ति गरिएको छ ।
गीतको भिडियोमा सुशिल डाँगीको छायाँकन, प्रकाश एस केको सम्पादन, निशान एसकेको निर्देशन छ ।

‘याद तिम्रो धेरै आइरह्यो..’
 रंगपत्रकार तथा गीतकार शान्ति प्रियको अधर एल्वममा समाविष्ट गीत ‘याद तिम्रो धेरै आइरह्यो..’. को म्यूजिक भिडियो निर्माण गरिएको छ । 
भिडियाकोे निर्देशन कलाकार निर्मल शर्माले गरेका छन् । गीतको छायांकन वरिष्ठ छायांकार राजु के.सी.ले गरेका हुन् भने श्रृंगार निर्मला आचार्यले गरेकी छिन् । गीतको सम्पादन विरेन्द्र भाट ‘विपिन’ले गर्नेछन् ।
गीतमा अभिनेता श्रीदेव भट्टराई र अभिनेत्री अनामिका चौलागाई एवं राम ढकालको अभिनय हेर्न पाइन्छ । अभिनेता भट्टराई र अभिनेत्री चौलागाईको केमेष्ट्री खुलेको पनि छ । 
छायाँछवि क्रियशनले निर्माण गरेको म्यूजिक भिडियो फाल्गुनको पहिलो साता रिलिज गरिने छायाँछवि क्रियशनले जनाएको छ ।


‘मैले भन्दा धेरै माया’

 

काठमाडौं – गीतकार तथा समाजसेवी दीपकराज पाठकको गीतको चर्चा सधै हुने गरेको छ । गीत लेखन सँगसँगै यतिबेला पाठक म्युजिक भिडियो निर्देशनमा पनि देखिन थालेका छन् । 
उनले आफ्नै गीत ‘मैले भन्दा धेरै माया’को भिडियो निर्देशन गरेका हुन् । गीतमा शब्द उनकै रहेको छ भने संगीत विपिन आचार्यले दिएका छन् । गायिका माण्डवी त्रिपाठीको स्वर गीतमा समावेश छ ।गीतको भिडियो समेत बनेको छ । जसमा कलाकार  गजित विष्ट र कसिस दाहालको अभिनय देख्न सकिन्छ । रिता विन्दु पाण्डे, एलिना पाठक र प्रकाश लम्सालले समेत भिडियोमा अभिनय गरेका छन् । 
शिवराम श्रेष्ठको छायाँकन रहेको यस भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन् । 

‘कलेजी ’ 

काठमाडौं – मायालुको अभावमा भौतारिनु पर्दाको पिडालाई समेटेर गल्कोट म्युजिक प्रालीको प्रस्तुतीमा इन्दिरा गुरुङको आवाजले सजिएको लोक गीत ‘कलेजी ’को भिडियो पनि बजारमा आएको छ । 
आफ्नी मायालुको पिडामा सुभेक्षा थापा रहेको कुरालाई गीतको भिडियोमा देखाइएको छ । गीतमा देभिन किनारको शब्द तथा मौलिक लय सिर्जना रहेको छ । 
भिडियोलाई निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ । बासु न्यौपानेको छायाँकन, रोशन धितालको सम्पादन, रामु विरहीको निर्देशन रहेको भिडियोमा सुभेक्षा थापा, बुद्धविर थापा र मिना गुरुङको अभिनय छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप