बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश ५ मा दुर्घटनाको डरलाग्दो तथ्याङ्क : ६ महिनामा ७४७ दुर्घटना, ३१५ को मृत्यु

मङ्गलबार, २२ माघ २०७५, १६ : ४८
मङ्गलबार, २२ माघ २०७५

बुटवल–चालू आर्थिक वर्षको पछिल्लो  ६ महिनाको अवधिमा प्रदेश ५ का १२ जिल्लामा कुल ७ सय ४७  वटा सवारी दुर्घटना भएका छन्।  जसबाट  ३ सय १५ जनाको मृत्यु भएको छ । ४ सय ८२ जना घाइते भएका छन् ।

  अनुमानित आर्थिक क्षति २ करोड ७४ लाख २८ हजार  भएको छ ।   
प्रदेश ५ ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता डिएसपी माधवबहादुर बुढाथोकीका अनुसार सबैभन्दा बढी मोटरसाइकल दुर्घटना भएको छ । गत ६ महिनाको अन्तरालमा  ३  सय ४५  वटा मोटरसाइकल दुर्घटना भएको हो ।  जीप र कार ९९ वटा दुर्घटना भएका छन् ।

    यसअवधिमा ७१ वटा बस दुर्घटनामा परेका छन् भने ६० वटा ट्रक दुर्घटनामा परेका छन् ।  १९ वटा ट्रिपर, ८ वटा माइक्रोबस, ३३ वटा टेम्पो, साइकल ४५ र अन्य १० वटा सवारी साधन दुर्घटनामा परेको बुढाथोकीले जानकारी दिए । 

दाङमा  सबै भन्दा बढी बस दुर्घटनाका १८ वटा घटना भएका छन् । त्यसपछि रुपन्देहीमा १२ वटा बस दुर्घटना भएका छन् । पश्चिम नवलपरासीमा ११ वटा बस दुर्घटना भएका छन् ।

   यो अवधिमा रुकुुम, रोल्पा, अर्घाखाँचीमा एउटा पनि बस दुर्घटना भएन । पहाडी जिल्लामा दुर्घटनामा न्यूनीकरण आएको पछिल्लो तथ्याङ्कले देखाएको छ ।  
 

  प्रदेश ५ को सवारी दुर्घटना तथ्याङ्कलाई हेर्दा  डेन्जर जोनका रुपमा रुपन्देही , नवलपरासी, कपिलवस्तु ,  दाङ र पाल्पा जिल्ला परेको छ ।   

प्रवक्ता डिएसपी बुढाथोकीले उपलब्ध गराएको गत श्रावणदेखि पुस महिनासम्मको दुर्घटना  तथ्याङक  यस्तो छ–
रुपेन्देही
ट्रक दुर्घना १७ वटा । ट्रिपर  ४ वटा  । बस दुर्घटना  १२ वटा । माइक्रोबस १ वटा ।  जिप  र कार २० वटा  । ट्याक्टर ६ वटा । टेम्पो ३ वटा , मोटर साईकल १०२ वटा अन्य १४ ।   जम्मा सवारी साधन दुर्घूटना  १ सय ७९ वटा रहेका छन्  । कुल मृत्यु संख्या ५७ जना । जसमा पुुुुरुष ४९ जना , महिला ४ जना र बालक ४ जना रहेका छन् । सामन्य घाईते छाडेर  गम्भीर घाइते १ सय ३ जना भएका छन् ।

नवलपरासी 
 ट्रक  दुर्घटना  ११  वटा,  ट्रिपर १ वटा , बस ११ वटा , माईक्रो ३ वटा,   जिप, कार १० वटा , ट्याक्टर १  वटा , टेम्पो ३ वटा , मोटर साईकल ४२ वटा र अन्य  ९ सहित कुल ९१ वटा सवारी साधन दुर्घटना भएका छन् । जसबाट कुल ३४ जनाको मृत्यु भएको छ । जस मध्ये पुरुष ३२ जना  र महिला २ जना रहेका छन् । सामन्य छाडेर ४६ जना गम्भीर घाईते भएका छन् ।

कपिलवस्तु
 ट्रक दुर्घटना १३ वटा , ट्रिपर  ३ वटा , बस ७ वटा , जिप, कार ९ वटा , ट्याक्टर ६ वटा , टेम्पो ६ वटा , मोटरसाइकल ५७ वटा , अन्य १६ वटा र कुल दुर्घटना १ सय १७ वटा ।  जसबाट ४१ जनाको मृत्यु भएको छ । तीमध्ये पुरुष २९ जना, महिला ९ जना , बालक १ र बालिका २ जनाको मृत्यु भएको छ । गम्भीर घाइते ८४ जना भएका छन् ।

पाल्पा 
 ट्रक ४ वटा, ट्रिपर ५ वटा, बस ३ वटा, माइक्रोबस ३ वटा, जिप र कार  ११ वटा, ट्याक्टर १ वटा, मोटरसाइकल २३, जम्मा ५० सवारी साधन दुर्घटना, मृत्यु हुनेको कुल संख्या २३ जना रहेका छन् । पुरुष १४ जना महिला ७ र बालक २ जना रहेका छन् । गम्भीर घाईतेको संख्या ३३ जना रहेको छ  ।

गुल्मी 
 बस १ , जिप , कार ७ वटा , ट्याक्टर ५ वटा , मोटरसाइकल ३ वटा  गरी जम्मा सवारी साधन १६ वटा दुर्घटना भएका छन् । जसबाट ८ जना मानिसको मृत्यु भएको छ । २३ जना गम्भीर घाइते भएका छन् ।

अर्घाखाँची
 जीप र कारण ६ वटा, ट्याक्टर २ वटा, मोटरसाइकल १ र कुल दुर्घटना संख्या ९ वटा रहेका छन् । जसमा ५ जनाको मृत्यु भएको छ । जसमध्ये पुरुष ४ र महिला १ रहेका छन् । गम्भीर घाइते १० जना भएका छन् ।

दाङ
ट्रक ८ वटा, ट्रिपर १, बस १८ वटा , जिप कार १४, ट्याक्टर १५, टेम्पो ७, मोटर साइकल ६७ वटा र अन्य ४ गरी कुल दुर्घटना संख्या १ सय ३४  रहेको छ । 
 मृत्यु हुनेको संख्या ६६जना रहेको छ । पुरुष पुरुष ५१ , महिला  ९ , बालक ४ र बालिका २ जना रहेका छन् । गम्भीर घाइतेको संख्या १ सय ८ जना रहेको छ ।

बाँके
 ट्रक २ वटा, ट्रिपर २ वटा , बस ८ वटा , माइक्रोबस १ , जिप र कार ६ वटा, ट्याक्टर ९ वटा, टेम्पो ९ वटा , मोटरसाइकल २६ वटा, कुल दुर्घटना ६३ वटा रहेको छ ।
मृत्यु हुनेमा १९ जना पुरुष, ८ जना महिला र ३ जना बालक सहित कुल ३० जना रहेका छन् । गम्भीर घाइते २८ जना भएका छन् ।

बर्दिया
ट्रक ३ वटा, ट्रिपर १ , बस ८ , जिप, कार २ , ट्याक्टर ३ , मोटर साईकल ११ , अन्य सहित ३९ वटा दुर्घना भएका छन । मृत्यु हुनेको संख्या १७ जना रहेको छ । 
जसमध्ये पुरुष ९, महिला ५ र बालिका ३ जना रहेका छन् ।  २१ जना गम्भीर घाइते भएका छन् ।

प्युठान
 ट्रक २, बस १ , जिप, कार ७ वटा , ट्याक्टर ३ , टेम्पो २, मोटरसाइकल ८  र अन्य १ गरी जम्मा २४ वटा दुर्घटना भएका छन । मृत्यु हुनेमा पुरुष ७ महिला ३  र बालबालिका एक एक गरी  १२ जना रहेका छन् । गम्भीर घाइते ४ जना रहेका छन् ।

रोल्पा
 ट्रिपर २ , बस २, जिप, कार ६ वटा , ट्याक्टर ४ वटा , टेम्पो ३ वटा र मोटरसाइकल ५  गरी जम्मा दुर्घटना सख्या २२ रहेको छ  । ७ जना पुरुष, १ महिला २ बालक र २ बालिका गरी मृत्यु हुनेको सख्या १२ जना रहेको छ । गम्भीर घाइते १९ जना भएका छन् ।

पुर्वी रुकुम
जिप र कार १ , ट्याक्टर २  सहित जम्मा ३ वटा सवारी साधन दुर्घटना भएका छन् । ५ पुरुष ५ महिला सहित १० जनाको मृत्यु भएको छ । गम्भीर घाईते ३ जना भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप