शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

टुँडिखेलमा यसरी मनाइयो ल्होछार पर्व (फोटोफिचर)

मङ्गलबार, २२ माघ २०७५, १६ : ५५
मङ्गलबार, २२ माघ २०७५

काठमाडौं । राजधानीको टुँडिखेलमा तामाङ जातिले आज ल्होछार पर्वलाई नयाँ वर्षको रुपमा धुमधामसँग मनाएका छन् । सो अवसरमा प्रदेश नं ३ सरकारले प्रदेशमा बिदाको घोषणा समेत गरेको छ । 

ल्होछारको अवसरमा टुँडिखेलमा महोत्सवको आयोजना गरी महोत्सवमा विभिन्न झाँकीसहित तामाङ जातिका परिकारहरु राखिएका छन् भने कलाकारले साङ्गीतिक प्रस्तुति दिएका छन् । 

तामाङ भाषामा ‘ल्हो’ भन्नाले वर्ष र ‘छार’ भन्नाले नयाँ भन्ने बुझाउँछ । समग्रमा यो तामाङ जातिको धार्मिक नभएर सांस्कृतिक पर्व रहेको तामाङका अग्रजले बताउँछन् । 

बालीनाली थन्क्याएपछि शुरु हुने यो पर्वमा पूजाआजा गरिनुका साथै विभिन्न परिकार खाने प्रचलन रहेको तामाङ संस्कृतिका जानकारहरु बताउँछन् ।

ल्होछारको दिन बिहानै नुहाइधुवाइ गरेर शुद्ध भएर भगवान्को प्रार्थना तथा पूजा गरिन्छ । आज लामा गुरु तथा घरमूलीबाट पूजापाठ गर्दछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप