बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

साइप्रसमा पनि ल्होसार मनाइयो

बुधबार, २३ माघ २०७५, ११ : ३४
बुधबार, २३ माघ २०७५

साइप्रस –  तामाङ समुदायको पर्व २८५५ औं सोनाम ल्होसार साइप्रसमा पनि मनाइएको छ ।

 यूरोपको दक्षिण पूर्वमा पर्ने साइप्रसको लिमासोल भन्ने सहरमा तामाङ घेदुङ साईप्रस शाखाको आयोजनामा विभिन्न कार्यक्रम गरी ल्होसार पर्व मनाइएको हो ।

तामाङ घेदुङ साईप्रसकी अध्यक्ष साग्मु थोकरको सभापतित्व तथा  साईप्रसका महाबणिज्यदूत डा.राम जीवन पंजियारको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा गैरअवासीय नेपाली सघं साइप्रसका अध्यक्ष सुवास मल्ल लगायत विभिन्न सघंसस्थाका प्र्रतिनिधिहरुको सहभागिता रहेको थियो । 

ल्होसारको शुभकामना दिदै महाबिणज्यदूत डा. पंजियारले प्रवासमा रहेका सबै नेपालीहरु एक आपसमा सहयोगी बन्नुपर्नेमा जोड दिएका थिए । 

कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमहरु प्रदर्शन गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप