शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भियतनाममा गीत खिचेर फर्कियो ‘लभ स्टेशन’

बुधबार, २३ माघ २०७५, १३ : २३
बुधबार, २३ माघ २०७५

काठमाडौं – प्रदीप खड्का अभिनित फिल्म ‘लभ स्टेशन’ २२ चैतबाट प्रदशर््नमा आउँने भएको छ । प्रस्तुतकर्ता गोविन्द शाहीले फिल्म २२ चैबाट प्रदर्शनमा ल्याउन लागेको जानकारी दिए ।

अभिनेता प्रदीपले फिल्ममा ‘लिलीबिली’ अभिनेत्री जसिता गुरुङसँग रोमान्स गरेका छन् । फिल्मको एक गीत भियतनामको विभिन्न सुन्दर स्थानमा छायाँकन भएको छ । 

फिल्मको लभ सङ ‘घाम जुन नै चाहिँदैन...’बोलको गीत भियतनामको विभिन्न सुन्दर स्थानमा खिचिएको प्रस्तुतकर्ता गोविन्द शाहीले जानकारी गराएका छन् । गीतमा प्रदीप र अभिनेत्री जसिता गुरुङले अभिनय गरेका छन् ।

भियतनामको विभिन्न निकै सुन्दर स्थानमा छायाँकन गरिएका यो गीतको भिडियो नेपाली दर्शकका लागि नयाँ र रोमाञ्चक सावित हुने विश्वास निर्माण पक्षको छ ।

यो गीतको भिडियो अगामी भ्यालेन्टाइनको अबसर पारेर २ फागुनमा रिलिज गरिने भएको छ । गीतको छायाँकन सकेर निर्माण टोली गतशुक्रबार काठमाडौ फर्किएको हो । 

सांगीतिक प्रेम कथामा आधारित पारिवारिक बिषय समेत समेटिएको यो फिल्म उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् ।

काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाही निर्माता रहेको फिल्ममा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु राना लगायतको अभिनय देख्न सकिन्छ ।

आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । फिल्मको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप