बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

फस्टलुकमा यस्तो देखियो ‘पुरानो बुलेट’

बुधबार, २३ माघ २०७५, १३ : २९
बुधबार, २३ माघ २०७५

काठमाडौं – ‘पुरानो बुलेट’ आगामी चैत्र १ बाट प्रदर्शनमा आउने फिल्म हो । निर्माण युनिटले मंगलबार यसको केही पोष्टर फस्टलुकको रुपमा सार्वजनिक गर्दै अफिसियल प्रचार सुरु गरेको छ ।

पत्रकार भीषण राईको डेब्यू निर्देशन रहेको फिल्मका पोस्टरमा  मुख्य कलाकार अनुपबिक्रम शाही, बर्षा शिवाकोटी र माला लिम्बुले प्रथामिकता पाएका छन् । पात्रहरुको चरित्र चित्रणसहित सार्वजनिक पोस्टरमा अनुप लामो कपाल, त्यसमाथी रुमाल अनि जिन्स ज्याकेटमा देखिएका छन् ।

पछिल्लो समय फरक फरक भुमिकामा देखिदै आएका अनुपले ‘पुरानो बुलेट’ आफुले अहिलेसम्मकै फरक भुमिका निर्बाह गरेको बताए ।

‘पुरानो बुलेट’ले आफ्नो पहिलो प्रदर्शन हङकङबाट गर्दैछ । फिल्म फेब्रुअरी २३ मा हङकङबाट प्रिमिएर हुने निर्माण युनिटले जनाएका छन् । 

फिल्ममा अनुप बर्षा र मालासँगै कविता आले, कृष्णभक्त महर्जन, शिरोमणी दवाडी, शिव मुखिया, दिवज राई लगायतको अभिनय देख्न सकिन्छ । 

फिल्मको कथा तथा पटकथा लेखनमा निर्देशक भीषणसँग सन्तोष राईले साझेदारी गरेका छन् । सन्तोष यो फिल्मका कार्यकारी निर्माता हुन् । फिल्म ‘पुरानो बुलेट’मा अशोककुमार राई (अशोक साम्पाङ), दिपेन्द्र लिम्बु, विरेन साम्बा र टिकाराम राई निर्माताको रुपमा छन् ।

‘पुरानो बुलेट’मा संगीत उत्तमजङ्ग लिम्बु, जयन जे वाइवा र भिजे घिमिरेको संगीत समावेश छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप