शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आफ्ना सिर्जना आजै पठाउनुस् है !

बुधबार, २३ माघ २०७५, २३ : २४
बुधबार, २३ माघ २०७५

प्यारा प्यारा भाइ बहिनीहरु,

तपाईंहरुलाई www.ratopati.com मा हार्दिक स्वागत छ ।

रातोपाटी सबैको र सबैभन्दा राम्रो सम्पूर्ण न्युज पोर्टल हो । त्यसैले यो मुलुकका भविष्यका कर्णधार तपाईं भाइ बहिनीहरुको पनि हो ।

यसमा भाइ बहिनीहरुका लागि नै भनेर बालसंसार खण्ड नै छ । यो पेजमा तपाईंहरुले पढ्न पर्ने ज्ञानवर्धक राम्रा राम्रा कुराहरु हुन्छन् । यहाँ तपाईंहरुकै समाचार हुन्छ । कथा, नाटक, निबन्ध हुन्छ । नीति कथा हुन्छ, कविता हुन्छ । असल मान्छेको जीवनी हुन्छ । सामान्य ज्ञान हुन्छ र अनौठा कुराहरुको जानकारी पनि हुन्छ ।

त्यति मात्र पनि होइन, यहाँ प्रतिभाशाली भाइ बहिनीको सिर्जनासमेत छापिन्छ । रातोपाटीलाई थाहा छ, तपाईं पनि प्रतिभाशाली हुनुहुन्छ । तर, तपाईं के कुरामा प्रतिभाशाली हुनुहुन्छ भन्ने चाहिँ तपाईंले आफ्नो सिर्जना पठाउनु भएपछि मात्र हामीलाई थाहा हुनेछ ।

तपाईंलाई चित्र बनाउन आउँछ ? कि कथा अथवा कविता लेख्न आउँछ ? कि कतै घुम्न गएको अनुभव लेख्न मन लाग्छ तपाईंलाई ?

तपाईंलाई जेमा रुची छ अथवा जे गर्न आउँछ, त्यो सिर्जना गरेर पठाउनुस्, रातोपाटीमा छापिन्छ ।

प्यारा प्यारा भाइ बहिनीहरु,

सबैभन्दा राम्रो सम्पूर्ण न्युज पोर्टल रातोपाटी सबैको हो, त्यसैले तपाईंको पनि हो । तपाईंको आफ्नै न्युज पोर्टल www.ratopati.comमा आफ्ना सिर्जना आजै पठाउनुस् है !

आफ्ना सिर्जनासँगै तपाईंको नाम, ठेगाना अनि तस्बिर पनि नबिर्सी पठाउनुस् । तपाईंलाई त्यसरी पठाउन आउँदैन भने आफ्ना अभिभावक वा शिक्षकको सहयोग लिनुस् है !

( आफ्ना सन्तान, भाइ बहिनी एवम् विद्यार्थीका सिर्जना पठाउन सघाई दिनुहुन आदरणीय अभिभावक एवम् शिक्षकज्यूहरुमा हार्दिक अनुरोध छ )

सिर्जना पठाउनको लागिः

[email protected]

[email protected]

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप