शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पोष्टरमा यसतो देखियो ‘रुमालै छ चिनो’

बिहीबार, २४ माघ २०७५, ११ : ४३
बिहीबार, २४ माघ २०७५

काठमाडौं –१० फागुनबाट प्रदर्शनमा आउँने फिल्म हो ‘रुमालै छ चिनो’ । प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण युनिटले फिल्मको चार पोष्टर सार्वजनिक गरेको छ । 

पोष्टरमा अभिनेता सुशान्त कार्की र अभिनेत्री अप्सना थापा अटाएका छन् । दिनेश सिंह ठकुरी निर्देशित ज्योती फिल्मस्को ब्यानरमा चन्द्र बहादुर खड्का, दिपक ढकाल र राम प्रसाद पाण्डे सयुक्त निर्माण गरेका हुन् । 

फिल्मको केही अगाडि अर्जुन पोखरेल र अञ्जु पन्तको स्वर रहेको ‘ए माया...’ बोलको गीत सार्वजनिक भएको थियो । गीतले राम्रो दर्शक पाइरहेको छ । 

बिनोद सापकोटाले छायांकन र शिब थारुले सम्पादन रहेको फिल्ममा  सुशान्त र अप्सनाको साथमा किशोर खतिवडा, संचिता लुइँटेल, रश्मी भट्ट, मिथिला शर्मा, सुरबीर पण्डित, लक्ष्मण बिक्रम बस्नेत, सुरज महरा, सन्ध्या खड्का लगायतका कलाकारको अभिनय रहेको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप