बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

३२ लाख कित्ता सेयर थपियो, कसको कति ?

बिहीबार, २४ माघ २०७५, १५ : २०
बिहीबार, २४ माघ २०७५

काठमाडौं– नेपाल स्टक एक्सचेन्जमा ३२ लाख १८ हजार १ सय ३७ कित्ता सेयर सूचीकृत भएको छ । 

 जसमा सीटी एक्सप्रेस फाइनान्सको २५ लाख कित्ता हकप्रद सेयर  सूचीकृत भएको छ  भने  यता नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाको ६ लाख कित्ता हकप्रद सेयर सूचीकृत भएको छ ।  यस्तै हाम्रो विकास बैंकको  १ लाख १८ हजार १ सय ३७ कित्ता बोनस सेयर सूचीकृत भएको छ । 

नयाँ नेपालले गत साउनमा हकप्रद बिक्रि गरेको थियो भने सिटि एक्सप्रेसले गत भदौमा हकप्रद बिक्री खुला गरेको थियो । 

हाम्रो विकास बैंकले कात्तिकमा बोनस सेयर पारित गराएको थियो । सोही सेयर अहिले नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको हो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप