शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

युनिभर्सल पावर कम्पनीको आइपिओ बिक्री खुला, ५० लाख कित्तासम्मका लागि आवेदन दिन सकिने

शुक्रबार, २५ माघ २०७५, १२ : ०६
शुक्रबार, २५ माघ २०७५

युनिभर्सल पावर कम्पनीको सेयर सर्वसाधारणका लागि आजबाट बिक्री खुला भएको छ । 

कम्पनीले आयोजना प्रभावितलाई पहिलो चरणमा बिक्री खुला गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर बिक्री खुला गरेको हो । पहिलो चरणमा नबिकेको १७ लाख ६६ हजार १ सय ५० कित्ता समेत गरी कम्पनीले ९३ लाख लाख २७ हजार ४ सय १० कित्ता सेयर सर्वसाधारणका लागि खुला गरेको हो ।

सर्वसाधारणले न्युनतम ५० कित्तादेखि अधिकतम ५० लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।

जम्मा २ करोड १० लाख ३ हजार ५ सय कित्ता सेयरमध्ये पहिलो चरणमा आयोजना प्रभावित दोलखा जिल्लाका आयोजना प्रभावित स्थानीयका लागि २१ लाख ३५० कित्ता सेयर निष्काशन खुला गरेको थियो ।  

अहिले निष्काशन भएको सेयर मध्ये  १ लाख ८६ हजार ५ सय ४८ कित्ता सेयर कर्मचारीका लागि, ४ लाख ६६ हजार ३ सय ७०  कित्ता सेयर सामुहिक लगानीकोषका लागि छुट्याइएको छ ।                                                                                                                                                                        

यस सेयरका लागि  सि—आस्वा प्रणालीमार्फत्    आवेदन दिन सकिनेछ । यस सेयरका लागि माघ २९ गतेसम्म आवेदन दिन सकिनेछ । यदि यस समयसम्म पर्याप्त आवेदन नपरेको अवस्थामा  भने फागुन २६ गतेसम्मको समय थप हुनेछ ।

युनिभर्सलले दोलाखा जिल्लामा ११ मेगमवाटको तल्लो खारेखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यसको अनुमानित लागत २ अर्ब ४ करोड ६० लाख रुपैयाँ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप