बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

फ्राइडे रिलिज : ‘समर लभ’लाई अवसर

शुक्रबार, २५ माघ २०७५, १२ : १४
शुक्रबार, २५ माघ २०७५

आज शुक्रबारबाट एकमात्र फिल्म ‘समर लभ’ प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजको परम्परा धान्दै यो फिल्म देशभरका चलचित्र भवनबाट एकसाथ प्रदर्शनमा आएको हो ।

एक्लै आएको कारण यो फिल्मलाई बिना प्रतिस्पर्धा व्यवसायिक लाभ लिने अवसर मिलेको छ ।

अघिल्लो साता तीन फिल्म प्रदर्शनमा आएका भएपनि यो साता भने ‘समर लभ’ले एकल प्रदर्शनको अवसर पाएको हो । यो फिल्म सुबिन भट्राईको चर्चित उपन्यास ‘समर लभ’मा आधारित रहेर निर्माण गरिएको छ ।

फिल्ममा सुरज सिंह ठकुरी, नम्रता सापकोटा, आशिष पिया र रेवती क्षेत्री लगायत कलाकारको अभिनय छ । यसै फिल्मबाट आशिष र रेवतीले डेब्यु गरेका हुन् ।

मुस्कान ढकालको निर्देशन रहेको फिल्म युवापुस्ताले रुचाउने निर्माण युनिटको दाबी रहेको छ । किताबको हाइप अनुसार फिल्म निर्माण भएको निर्देशक ढकालले बताए ।

सुबिनको कथालाई सामीप्यराज तिमल्सेनाले पटकथामा ढालेका हुन् भने फिल्मको संवाद सुबिन र सामीप्य मिलेर लेखेका छन् ।

नाइटिंगेल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको फिल्ममा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी निर्माता रहेका छन् भने विनोद अधिकारी कार्यकारी निर्माता हुन् ।

स्वपन सरकार र मनोज बिक सह–निर्माता रहेको फिल्ममा पुष्पन प्रधानको संगीत समेटिएको छ ।

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप