बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

क्रिकेट रंगशालाको लागि मलेसियामा धुर्मुस–सुन्तली साँझ

शुक्रबार, २५ माघ २०७५, १२ : २३
शुक्रबार, २५ माघ २०७५

 गत १६ माघमा घोषणा गरिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणार्थ अभियानलाई लिएर मलेसिया पुगेका कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली)ले त्यहाँ भब्य कार्यक्रम आयोजना गरेका छन् ।

लोक गायक बद्री पंगेनी, गायिका मेलिना राई, सम्झना भण्डारी सहित धुर्मुस सुन्तली मलेसिया पुगेका थिए ।

उनीहरुले मलेसियाका तीन शहरमा ‘सिटी एक्सप्रेस धुर्मुस–सुन्तुली साँझ–२०७५’ आयोजना गरेका हुन् ।

फेब्रुअरी ५ मा क्वालालम्पुर, ६ मा पेनाङ एसटी एन्नी चर्चमा आयोजित कार्यक्रममा दर्शकले भरपुर मनोरन्जन लिए । मलेसियाकै जोहर बारुमा आगामी १० तारिकमा कार्यक्रम हुनेछ ।

झन्डै तीन अर्बको लागत अनुमान गरिएको रंगशाला निर्माणमा मलेसियाबाट राम्रो सहयोग हुने विश्वास आफूलाई भएको सिताराम कट्टेल कार्यक्रममा बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप