अवैध रुपमा तस्करी गरेको सुनसहित २ जना पक्राउ
शुक्रबार, २५ माघ २०७५, १७ : २७
काठमाडौं । प्रहरीले अवैध रुपमा सुन तस्करी गर्ने २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सप्तरी भर भएका २० वर्षीय सन्तोस यादव र धनुषा घर भएका २५ वर्षीय समिफ साफी रहेका छन् ।
वैदेशिक रोगारीको सिलसिलामा विदेश गएका कामदारहरुलाई प्रयोग गरी विमानस्थलबाट भन्सार छली सुनका गरगहना तस्करी गर्ने गरेको गोप्य सूचनाको आधारमा उनीहरुलाई महानगरीय प्रहरी वृत गौशालाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
तिलगंगास्थित बसपार्कमा बतारबाट आएका व्यक्तिहरु उपर शंका लागि उनीहरुलाई खानतलासी गर्दा ५०÷५० ग्राम तौल भएका सुनका ७ थान बाला अर्थात ३५० ग्राम सुन बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान गरी आवश्यक कारबाही गरिने प्रहरीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसीसी प्रिमियर कप क्रिकेट : साउदी अरेबियाविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने
-
गण्डकीको संसद् अधिवेशन वैशाख ७ गतेदेखि
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
एकीकृत समाजवादीको सबै तहमा निर्वाचनबाट नेतृत्व चयन हुनुपर्ने मत बलियो
-
उपल्लो दुखुमा पोल गाडेको चार वर्षपछि बिजुली बल्यो
-
लागु औषध मुद्दामा यस्तो थियो एन्फा उपाध्यक्षको बयान