शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

उपत्यकाको मौसम खुलेपछिका १४ दृश्य हेर्नुहोस्

शनिबार, २६ माघ २०७५, १५ : ०१
शनिबार, २६ माघ २०७५

काठमाडौँ– काठमाडौँ उपत्यकाको मौसममा सुधार आएको छ। लगातारको वर्षापछि गएरातीदेखि उपत्यका वरिपरिका पहाडमा हिमपात नै भएको अवस्थामा शनिबार दिउँसोदेखि भने मौसममा सुधार आएको छ । 

पश्चिमी वायुको प्रभावले विगत तीन दिनदेखि काठमाडौँ उपत्यकासहित देशभर बदली र वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

उपत्यकामा आज बिहान ९ बजेसम्म वर्षा भए पनि अहिले केही स्थानमा आकास खुलेर घाम लाग्न सुरु भएको छ ।

 यद्यपी बदली र वर्षाले उपत्यकामा बढी चिसो महशुस गरिएको छ । 

आज काठमाडौँको न्यूनतम ६ र अधिकतम तापक्रम १६.९ डिग्री सेल्सियस रहेको छ । 

विभागका अनुसार वितेको २४ घण्टामा काठमाडौँमा २१.५ मिलिमिटर वर्षा भयो । 

यस्तै सबैभन्दा बढी भैरहवामा ५९, सिमरामा ४७, पोखरामा ३५, दाङमा १६, वीरेन्द्रनगरमा १३, जुम्लामा ११, डडेलधुरामा ६, वीराटनगरमा ५ र धनकुटामा ४ मिलिमिटर वर्षा भएको छ । 


पश्चिमी वायुको प्रभाव क्रमशः कमजोर बन्दै गएकाले भोलि आइतबारदेखि मौसममा पूर्ण सुधार आउने महाशाखाले जनाएको छ ।

“अहिले पश्चिमका केही क्षेत्र र मध्यका तराई भेगमा मौसममा सुधार हुँदै आएको छ । पूर्वी क्षेत्रमा साँझतिर हल्का वर्षा हुने देखिन्छ, बाँकी भेगमा छिटफुट वर्षा भए पनि आइतबारदेखि मौसममा सुधार आउछ,”–मौसमविद् शान्ति कँडेलको भनाई छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप