'माओवादी सत्तामा आएपछि पनि किन भ्रष्टाचार बढ्यो ?’
नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले चुनाव, पैसा र सत्ताको दुष्चक्रलाई नतोडेसम्म राजनीति असल नहुने बताएका छन् ।
असल राजनीति र समावेशी विकासको नारा लिएर गरिएको जनसंवाद यात्राको १२औं दिन नुवाकोटको विदुरमा आयोजित अन्तर्क्रिया कार्यक्रममा भट्टराईले भने, ‘केही मुठ्ठिभर कमिशनखोरहरु छन्, उनीहरुको कुनै पार्टी हुँदैन, जो सत्तामा आउँछ त्यसैको पछि लाग्छन् ।’
पूर्व प्रधानमन्त्री समेत रहेका संयोजक भट्टराईले प्रष्टयाउदै भने, ‘कांग्रेस आए हाम्रा बाजे पनि कांग्रेसमा लाग्नुभएको थियो भन्छ्न् । कम्युनिष्ट आए मेरो त सबै सन्तान नै कम्युनिष्ट हो भन्छन् । त्यही वर्गले नै भष्टाचार गर्छ र कमिशनबाट कमाएको अलिकति नेतालाई बुझाउँछ र साथीहरु त्यसैबाट चुनाव जित्नु हुन्छ र सत्तामा जानु हुन्छ ।’
उनले थपे, ‘जबसम्म यो दुष्चक्र तोडिदैन तबसम्म राजनीति शुद्ध हुँदैन । यस्ता मानिसलाई समातेर ठिगुरामा राख्ने र नेताहरुले हामी कसैको घुस खादैनौ भनेर खुला र पारदर्शी हाम्रो जीवन छ भनेर सामान्य ढंगले हिड्न थाल्ने हो भने सुध्रिन्छ ।’
देश विकास गर्नका लागि हिजोको विचार र क्षमताले नपुग्ने देखेर नै आफूहरुले नयाँ र समृद्ध विचारको बिउ रोपेको संयोजक भट्टराईले स्पष्ट पारे । ‘हामीले नयाँ बिउ रोपेका छौं र नेपाललाई समृद्ध विकसित बनाउनका लागि नयाँ अभियान सञ्चालन गरेका छौं, सक्नु होला साथ दिनुहोला र नसकेमा बाटो नछेक्नु होला,’ संयोजक भट्टराईले अनुरोध गर्नुभयो ।
त्यस्तै देश बनाउन गोलीका छर्रामुनि हिडेका मानिसहरु नै सत्तामा पुगेपछि समेत भ्रष्टाचार बढ्नु चिन्ताको विषय भएको बताए । ‘मुलुक रुपान्तरण गर्न ज्यानको बाजी राख्नेलाई कसरी खराब भन्ने ? सबैभन्दा बढी ज्यान जोखिममा हाल्ने माओवादी सत्तामा आएपछि पनि किन भ्रष्टाचार बढ्यो ?’ उनले भने, ‘गोलीका छर्रामुनि हिडेका मानिस नै सत्तामा पुगेपछि भ्रष्टाचार बढ्नु राम्रो कुरा होइन ।’
नेताले देशको सम्पत्ति जनताको हो भनेर काम गरे मात्रै मुलुकलाई समृद्ध र विकसित बनाउन सकिने संयोजक भट्टराईको भनाइ थियो ।
नेता भनेका जनताका सेवक हुन् भन्ने सेवाभावबाट राजनीति निर्देशित भएमात्रै राजनीति सफा हुने तर्क समेत संयोजक भट्टराईले राखेका थिए ।
अहिलको विकासको गतिले नेपाल छिटो समृद्ध हुन नसक्ने पनि संयोजक भट्टराईले बताए । ‘अहिलेको विकासको गतिले समृद्ध हुन हामीलाई सय वर्ष लाग्छ, त्यसैले तीव्र विकासको आवश्यक पर्छ,’ उनले भने, ‘कम्तिमा पनि २ दशकसम्म प्रत्येक वर्ष दुई अंकको आर्थिक विकास हुनुपर्छ ।’
असल राजनीति र समावेशी विकासको नारा लिएर शुरु गरिएको जनसम्वाद यात्रा २०७५ मध्यपहाडी लोकमार्गको माघ १५ गते पाँचथरको चिवाभन्ज्याङबाट शुभारम्भ गरिएको १८७९ किमि को यात्रा बैतडीको झुलाघाटमा फाल्गुण १५ मा समापन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्नीमाथि जाँच सुरु भएपछि स्पेनका प्रधानमन्त्रीले सार्वजनिक काम रोके
-
२५ औँ मनमोहन स्मृति दिवस विविध कार्यक्रम गरी मनाइँदै
-
अमेरिकाले युक्रेनलाई गोप्य रूपमा लामो दुरीका क्षेप्यास्त्र उपलब्ध गराएको खुलासा
-
नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
-
विश्वभर किन बढ्दै छन् प्रोस्टेट क्यान्सरका बिरामी ?
-
इटालीका राष्ट्रपति माटारेलासमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत