बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सिक्किम पुगे आर्यन र प्रियंका

आइतबार, २७ माघ २०७५, १२ : ४८
आइतबार, २७ माघ २०७५

काठमाडौं – अभिनेता आर्यन सिग्देल र अभिनेत्री प्रियंका कार्की  यतिबेला सिक्किममा छन् । फिल्म ‘हजार जुनीसम्म’को छायाँकनका लागि उनीहरु सो स्थानमा पुगेका हुन् । 

विकासराज आचार्यको निर्देशन रहेको फिल्मको एक गीतको सिक्किमका बिभिन्न स्थानमा छायाँकन भइरहेको छ । रोमान्टिक शैलीको गीतमा आर्यन र प्रियंकाले रोमान्टिक शैलीमै अभिनय गरिहेका छन् । चाँगु लेकमा खिचिएको गीतमा आर्यन र प्रियंका निकै रोमान्टिक मुडमा छन् । 

फिल्ममा आर्यन एक छोराको पिताको भूमिका निर्बाह गर्दैछन् । यसका लागि उनले आफ्नो गेटअपमा निकै परिवर्तन गरेका छन् । बाबुको भूमिकामा फिट देनिन उनले दाह्री र जुँगा निकै बढाएका छन् ।

फिल्ममा प्रियंका र आर्यनको अक्की प्रधान, स्वस्तिमा खड्का, सलोन बस्नेत, शिवहरी पौडेल, उत्तम केसीलगायतका कलाकारहरुको पनि यसमा अभिनय रहेको छ । अक्कीले यही चलचित्रबाट अभिनयमा डेब्यु गर्न लागेका हुन् ।  

फिल्म सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङका जेठा छोरा विशाल चाम्लिङले निर्माण गरेका हुन् । 

काठमाडौं, पोखरा र सिक्किममा छायांकन हुने कथा सामिप्यराज तिमिल्सना र निर्देशक आचार्यको रहेको छ । । फिल्मको अहिले आधाभन्दा बढी छायाँकन सकिएको निर्देशक आचार्यले जनकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप