बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

फिल्म ‘रुमालै छ चिनो’ ले ल्यायो रुवाउने गीत

आइतबार, २७ माघ २०७५, १२ : ५६
आइतबार, २७ माघ २०७५

काठमाडौं – फिल्म ‘रुमालै छ चिनो’ को नयाँ गीत ‘आमा नबस्नु पर्खेर सार्वजनिक भएको छ । लोक शैलीको गीतमा अभिनेता सुशान्त कार्की, सन्चिता लुइटेल, किशोर खतिवडा पनि देखिएका छन् । 

युद्दमा होमिएका सिपाहीले घर परिवारलाई सम्झिदाको पिडा फिल्मले देखाउन खोजेको छ । गीतमा बिरही कार्कीको स्वर  रहेको छ । 

नेपाली लाउरेको कथा बोल्ने यस फिल्ममा नायक सुशान्त कार्की इण्डियन लाउरेको भूमिकामा देखिएका छन्, भने उनको जोडीको रुपमा नबनायिका अप्सना थापा छिन् ।

यसभन्दा अघि फिल्मको ‘ए माया’ बोलको पहिलो गीत सार्वजनिक भएको थियो । फिल्मको कथाबस्तु सबै रेशम थापाले नै लेखेका हुन्, भने चलचित्रमा किशोर खतिवडा , संचिता लुइँटेल, सुशान्त कार्की, अफ्शाना थापा, रश्मी भट्ट , मिथिला शर्मा, सुरबीर पण्डित, लक्षमण बिक्रम बस्नेत, सुरज महरा, सन्ध्या खड्का, अमृता पाण्डे, शान्ति श्रेष्ठ  लगायतका कलाकारहरुको अभिनय रहेको छ । 

ज्योती फिल्मसको ब्यानरमा बनेको यो फिल्मलाई चन्द्र ब खड्का, दिपक ढकाल र राम पाण्डेले सयुक्त रुपमा लगानी गरेका हुन् । 

फिल्म निर्देशन दिनेश सिंह ठकुरी गरेका हुन्, भने चलचित्र फागुन १० देखि प्रदर्शनमा आउदैछ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप