शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

तीन दिनसम्म घरभित्रै हुँदा गन्हाएको थियो भिलेन महेश आनन्दको शव, १८ वर्षपछि भेटे काम तर २२ दिनमै मृत्यु

आइतबार, २७ माघ २०७५, १३ : २५
आइतबार, २७ माघ २०७५

शनिबार फेब्रुअरी ९ तारिखमा बलिउडका चर्चित भिलेन महेश आनन्दको निधन भएको छ । पुलिसले यारी रोडस्थित महेश आनन्दको घरबाट उनको शव बरामद गर्यो जसलाई पोष्टमार्टमका लागि भिले पार्लेस्थित कूपर अस्पतालमा पुर्याइएको छ । अचम्मको कुरा के छ भने महेशको मृत्यु तीन दिन अघि कार्डियक अरेस्ट भइसकेको थियो ।

छिमेकीले उनको घरबाट दुर्गन्ध आइरहेको जानकारी दिएः

महेशको मृत्यु यारी रोड (वर्सोवा) स्थित उनको घरमा तीन दिनअघि मृत्यु भइसकेको थियो । त्यहाँ उनी १८ वर्षदेखि एक्लै बस्दै आएका थिए । छिमेकीले घरभित्रबाट दुर्गन्ध आएको जानकारी दिएका थिए । जब पुलिस ढोका फोडेर घरभित्र  छिरे उनीहरुले महेशलाई मृत पाए ।

१८ वर्षपछि फिल्ममा देखिएका थिएः

महेश आनन्द १८ वर्षसम्म फिल्मबाट टाढा बसेपछि उनले निर्माता पहलाज निहलानीको फिल्म ‘रंगीला राजा’ साइन गरेका थिए । फिल्म पाएपछि आनन्दले भनेका थिए, ‘मलाई निहलानी जीले मेसेज पठाएका थिए जसमा लेखिएको थियो, ‘कल मी’ । मैले उनलाई फोन गर्दा उनले ‘बेटा, अफिसमा कहिले आउँछौ ?’ भने । मसँग रिक्सा चढ्ने पैसासमेत थिएन । म निकै तनावबाट गुज्रिरहेको थिएँ ।’

निहलानीसँगको भेटबारे कुरा गर्दै महेशले भने, ‘पहलाज जीले फिल्म लगभग पूरा भइसकेको बताएका थिए । तर मेरा लागि ६ मिनेटको भूमिका भएको बताउँदै ‘फिल्म खेल्न सक्छौ’ भने ।’

पाँच विवाहः

महेशले पहिलो विवाह नायिका रिना रोयकी बहिनी निर्माता बरखा रोयसँग गरेका थिए । त्यसपछि सन् १९८७ मा उनको दोस्रो विवाह मिस इन्डिया इन्टरनेशनल एरिका मारिया डिसूजासँग भयो । दुबैका त्रिशुल आनन्द नामका एक छोरा पनि छन् । उनी २९ वर्ष पुगे अब उनलाई एन्थोनी वोहरा नामले चिनिन्छ ।

आनन्दको तेस्रो विवाह नायिका मधु मल्होत्रासँग सन् १९९२ मा भयो र सन् २००० मा उनले चौथो विवाह उषा बाचानीसँग गरे । तर दुई वर्षपछि नै उनीहरुको सम्बन्धविच्छेद भयो । उषा गर्भवती भएको खबर पनि आएको थियो तर पछि नायिकाले महेशमाथि रक्सीको मातमा बलात्कारको आरोप लगाइन् र उनीसँग सम्बन्धविच्छेद गरे । पाँचौं विवाहको कुरा यसकारण किनभने महेश आनन्दले आफ्नो फेसबुकमा एक महिलासँग आफ्नो रोमान्टिक फोटो सेयर गेरर उनलाई आफ्नी श्रीमती बताएका थिए ।

तीन वर्षसम्म बेडमै थिए आनन्दः

महेशसँग वर्षौंसम्म फिल्मी क्षेत्रबाट टाढा बस्नुको कारणबारे सोध्दा उनले भने, ‘त्यतिबेला (८०–९०) मा आजको जस्तै स्टन्टका लागि पर्याप्त सुरक्षा उपकरण थिएन । यस्तै एक स्टन्टको क्रममा मलाई चोट लाग्यो जसका कारण ६ महिना अस्पताल र त्यसपछि तीन वर्षसम्म घरको बेडमै बस्नुपर्यो । मेरो तौल ३८ किलो कम भएको थियो र मेरो हड्डी खराब भएको थियो । म एक्लो भएको थिएँ । यद्यपी, आनन्दले कुन फिल्मको सेटमा घाइते भएका थिए भनेर जानकारी दिएनन् । ’

छोरालाई थाहा छैन, महेश उनका पिता हुन्ः

महेशसँग जब उनको सम्बन्धबारे सोधियो तब उनले भनेका थिए, ‘म एक्लो छु, महिलाले बेरोजगार र गरिबलाई प्रेम गर्दैनन् । म आफ्नो छोरा त्रिशुलको यादमा एक्लै बस्छु र उनलाई (त्रिशुल) लाई यो पनि थाहा छैन कि म उसको पिता हुँ । जब उनी ९ महिनाका थिए तब उनलाई मबाट खोसियो । उनी अब २५ वर्षको भइसकेका छन् । उनी आफ्नो बुवाजस्तै ह्यान्डसम छन्, त्रिशुल मेरो मुटु हो । त्रिशुल यदि तपाईं यो पढिरहनु भएको छ भने म महेश आनन्द तपाईंको पिता हुँ । त्रिशुल र उनकी आमामाथि भगवानको आशिर्वाद रहिरहोस् । मेरो अनुरोध छ कि त्रिशुल मलाई ‘पापा’ भनोस् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप