शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सक्षम नागरिकका लागि मन्टेश्वरी शिक्षा आवश्यक छ : अभिनेत्री खुश्बु

आइतबार, २७ माघ २०७५, १४ : ५१
आइतबार, २७ माघ २०७५

काठमाडौं– अभिनेत्री खुश्बु खड्काले देशमा सक्षम नागरिक उत्पादनका लागि मन्टेश्वरी शिक्षाको भूमिका महत्वपूर्ण हुने बताएकी छन् । काठमाडौं महानगरपालिका वाड नंं २ लाजिमपाट अवस्थित ‘मिनी किड्स मन्टेश्वरी’ उद्घाटन गर्दै अभिनेत्री खड्काले सो बताएकी हुन् ।

‘मन्टेश्वरीमा बालबालिकाको रुचि र चाहनाअनुसारको शिक्षा हुने भएकोले अबको दिनमा यो अनिवार्य छ’ अभिनेत्री खड्काले भनिन् ‘यसमा उनीहरुले खेल्दा खेल्दै धेरै कुरा सिक्न सक्छन् ।’ घर बलियो बनाउन जसरी त्यसको जग बलियो आवश्यक छ । त्यस्तै सक्षम मानिस उत्पादनका लागि मन्टेश्वरी शिक्षा भएको खड्काको भनाई रहेको थियो ।

सरस्वती पुजाको अवसर पारेर आज आइतबारबाट सञ्चालनमा आएको  ‘मिनी किड्स मन्टेश्वरी’ रश्मी गुरुङले सञ्चालनमा ल्याएकी हुन् । जसको उद्घाटन अभिनेत्री खुश्बुसँगै, काठमाडौं महानगरपालिका वाड नंं २ अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ,  समाजसेवी हिराकाजी श्रेष्ठ, एमपी भुषाल, विक्रम बिष्ट लगायतले रिवन काटेर गरेका थिए । 

कार्यक्रममा वडा अध्यक्ष श्रेष्ठले बालबालिकाको विकासका लागि मन्टेश्वरीले खेल्ने भूमिकाको चर्चा गरे । उनले मन्टेश्वरीको शिक्षा र त्यसको वातावरणले बालबालिकाको भविश्य कता जान्छ भनेर अनुमान गर्न सकिने बताए ।

व्यक्तिगत, पारिवारिक र संस्थागत रुपमा शिक्षा मात्र नभई संरक्षण, पोषण र स्याहार सुसारको वातावरणमा शिक्षा दिनुपर्छ भन्ने उद्धेश्यका साथ आफुले मन्टेश्वरी सञ्चालनमा ल्याएको मन्टेश्वरीका सञ्चालक रश्मी गुरुङले बताइन् । शिक्षण विधि मन्टेश्वरी विधिबाट अध्यापन गराउने भएकोले मन्टेश्वरीले बालबालिकाको जीवनमा सकारात्मक परिवर्तन गर्ने गुरुङको भनाई रहेको थियो । 

अभिभावकहरु व्यस्त हुँदा बालबालिकाहरुको उपयुक्त हेरचाह गर्ने स्थानको रुपमा फस्टाउँदै गएको मन्टेश्वरी अहिले धेरै अभिभावकहरुको रोजाईको ठाउँ बनेको धेरै कार्यक्रममा बोल्ने धेरै वक्ताहरुको भनाई रहेको थियो । 

उद्घाटन कार्यक्रममा विभिन्न गीतसंगीतका साथै आकर्षक नृत्यहरु समेत रहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप