मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

डडेलधुराको नवदुर्गामा प्रभु बैंकको शाखा

आइतबार, २७ माघ २०७५, १५ : ०३
आइतबार, २७ माघ २०७५

डडेलधुरा– प्रभु बैंकले डडेलधुरा जिल्लाको नवदुर्गा गाउँपालिका ४ मा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

शाखा कार्यालयको उद्घाटन गर्दै नवदुर्गा गाउँपालिकाका अध्यक्ष कबिन्द्र बिष्टले प्रभु बैंकले गाउँगाउँमा पुगेर बैंकिङ्ग सेवा विस्तार गरेकोमा खुशी लागेको बताए ।

उनले नवदुर्गा शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध हुने विश्वास व्यक्त गरे ।

आजदेखि सञ्चालनमा आएको शाखा कार्यालयबाट स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र उक्त क्षेत्रको समग्र आर्थिक विकासमा टेवा पुग्ने विश्वास बैंकको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप