शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नुवाकोटको दाङसिङमा लोछार कार्यक्रम सम्पन्न

आइतबार, २७ माघ २०७५, १७ : २९
आइतबार, २७ माघ २०७५

नुवाकोट । सोनाम लोछारको अवसरमा नुवाकोटको तारकेश्वर स्तरीय कलाकारहरुको छाता संगठन तारकेश्वर कलाकार समाज र दाङसिङको स्थानीय क्लबले नुवाकोट जिल्लाको तारकेश्वर गाउँपालिका वडा १ दाङसिङस्थित जब्बरेचौरमा विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । 
आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने मुख्य उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा  राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) एवं गन्तव्य नेपाल गु्रपका अध्यक्ष शिव अधिकारी (अविरल) ले स्थानीय चाडपर्वको संरक्षण र प्रवद्र्धनमा जोड दिए । 
 तारकेश्वरमा धेरै तामाङ जातिको बसोबास रहेको भन्दै उनले संस्कृतिको जर्गेनासँगै आन्तरिक पर्यटन प्रवद्र्धनमा यस्ता कार्यक्रमले सहयोग गर्ने भएकाले आगामी दिनमा पनि यो पर्वलाई अवसरमा रुपमा सदुपयोग गर्ने बताए । 
कार्यक्रममा नेपाली कांगे्रस तारकेश्वर गाउँपालिकाका संयोजक होम बहादुर तामाङले लोछार पर्वको संरक्षण र प्रवद्र्धनको लागि हामी सबै लागि पर्नु पर्ने बताए । 
सो अवसरमा तारकेश्वर गाउँपालिकाका स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति पनि रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप