एनसेलको पूँजीगत लाभकर असुलीमा कुनै समस्या छैन: अर्थमन्त्री खतिवडा
कठमाडौं– अर्थमन्त्री डा.युवराज खतिवडाले एनसेलको पूँजीगत लाभकर असुलीमा कुनै समस्या नरहेको बताएका छन् । अर्थमन्त्री खतिवडाले एनसेलसँग अझै पनि ६३ अर्ब संचित पूँजी रहेको उल्लेख गर्दै त्यसबाट बक्यौता पूँजीगत लाभकर असुली गर्न कुनै समस्या नरहेको प्रष्टयाएका हुन् ।
आईतबार संघीय संसदको अर्थ समितिको बैठकमा उनले सर्वोच्च अदालतको आदेश अनुसार एनसेलको पूँजीगत लाभकर उठाउने प्रतिबद्धता पनि जनाए । उनले संस्था हस्तान्तरणसँगै उनीहरुको दायित्व पनि हस्तान्तरण हुँदै जाने भएकाले सरकारले सोही अनुसार एनसेलको लाभांश कर असुली गर्ने पनि स्पष्ट पारे ।
अर्थमन्त्री खतिवडाले ऐनसेलको पूँजीगत लाभकर असुली गर्न सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिएको पनि बताए । बैठकमा समितिका सदस्यहरुले एनसेलसँग पूँजीगत लाभकर वापतको १२ अर्ब ७३ करोड असुली गर्न ढिलाई गरेको भन्दै सरकारको आलोचना गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाबुरामलाई गंगाको प्रश्न : माओवादी कसरी दुस्मन शक्ति भयो ?
-
झुलाघाट नाका पुनः सञ्चालनमा
-
सोमपालले नै दिलाए नेपाललाई तेस्रो सफलता
-
बाबुरामलाई राष्ट्रपति दिएको भए १५ दिनमा पार्टी एकता हुन्थ्यो : यादव
-
तत्काल ‘वामपन्थी एकता’ नदेख्ने ओलीको ३१ पन्ने प्रतिवेदन
-
तीन हप्ताको अल्टिमेटम दिँदै केसीले दिए सत्याग्रहको चेतावनी