शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बार्सिलोना बराबरीमा रोकियो

सोमबार, २८ माघ २०७५, ०९ : ०२
सोमबार, २८ माघ २०७५

एजेन्सी – स्पेनिस पावर हाउस बार्सिलोना ला लिगामा एथ्लेटिक बिल्बाओसँग गोलरहित बराबरीमा रोकिएको छ । 

बार्सिलोना आइतबार बराबरीमा रोकिएपछि दोस्रो स्थानमा रहेको रियल म्याड्रिडलाई केही फाइदा पुगेको छ । 

कप्तान लियोनेल मेस्सी सुरुवाती रोजाईमा फर्किएको खेलमा उनले गोल गर्न नसकेपछि टोली गोलरहित नतिजामा खुम्चियो । आफ्नो घरेलु मैदान बार्सिलोनालाई रोक्न बिल्बाओले कक्षा प्रक्ति बलियो बनाएको थियो । 

दोस्रो हाफमा राम्रो अवसर बनाएको बार्सिलोनाले सदुपयोग गर्न सकेन । बराबरीसँगै बार्सिलोनाले २३ खेलबाट ५१ अंक बनाएको छ । 

दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको ४५ अंक छ । ४४ अंक बनाएको एट्लेटिको म्याड्रिड तेस्रो स्थानमा छ ।  बिल्बाओ २७ अंकका साथ १३औं स्थानमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप