शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हिरो गोल्ड कप फुटबलः आज नेपाल–भारत भिड्दै, नेपाललाई जित्नैपर्ने दबाब

सोमबार, २८ माघ २०७५, ०९ : ४४
सोमबार, २८ माघ २०७५

काठमाडौं – भारतको भुवनेश्वरमा जारी हिरो गोल्ड कप फुटबलमा नेपालको राष्ट्रिय महिला फुटबल टोलीले सोमबार साँझ आयोजक भारतसँग खेल्दैछ । साँझ ७ः१५ बजे सुरु हुने खेल नेपालका लागि निकै महत्वपूर्ण रहेको छ । 

नेपाललाई अगाडी बढ्न भारतलाई हराउनु पर्ने बाध्यता छ । पहिलो खेलमा नेपाल म्यानमारसँग ३–० गोलले पराजित भएको थियो । भारतले भने पहिलो खेलमा इरानलाई हराई सकेको छ । चार टोली सहभागी प्रतियोगितामा भारतले यदि नेपाललाई हराएमा फाइनल यात्रा तय गर्नेछ । 

नेपाली महिला टोलीले अहिलेसम्म भारतलाई हराउन सकेको छैन । नेपालले तीन महिनाअघि खेलेको ओलम्पिक छनोटमा भारतलाई १–१ गोलको बराबरीमा रोकेको थियो । भारतले नेपालको बिराटनगरमा आगामी फागुन २८ देखि चैत ८ गतेसम्म आयोजना हुने पाँचौ महिना साफ च्याम्यिनसिप फुटबलको तयारीका लागि हिरो गोल्ड कप आयोजना गरेको हो । 

चार टोलीमध्ये दुई शीर्ष टोलीबीच फागुन ३ गते फाइनल भिडन्त हुनेछ । अंकबिहिन नेपाललाई फाइनलमा पुग्न भारत र इरानलाई हराउनु पर्ने बाध्यता छ । बिराटनगरको शहिद रंगशालामा सञ्चालन हुने महिला साफ च्याम्पियनसिपको समूह विभाजन यसअघिनै भईसकेको छ । नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा बंगलादेश, भुटान र पाकिस्तान छन् । समुह ‘बी’ मा भारत, माल्दिभ्स र श्रीलंका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप