शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जन्ती नाच्दा पुल भाँच्चियोः नालीमा खसे बेहुला, पाए तीन लाख क्षतीपूर्ती

सोमबार, २८ माघ २०७५, १० : २६
सोमबार, २८ माघ २०७५

विवाहमा जन्ती खुबै नाच्छन् । बाजागाजासहित बेहुली लिन गएका जन्ती आफूले सक्ने जती जिउ मर्काउँछन् र खुट्टा बजार्छन् । तर शनिबार राती जन्तीको यही नाचले भारतको नोयडास्थित एउटा पुल भाँच्चिदा बेहुलालगायत लगभग १५ जना नालीमा खसेका छन् । जसमा दुई बालक घाइते भएका छन् ।

घटना साढे ९ बजेको हो । बेहुलालगायत १५ जना सानो पुलमाथि नाचिरहेका थिए र यो एक्कासी भाँच्चियो । नालीमाथि बनाइएको उक्त पूलले ओलिभ गार्डेन वेडिङ ब्यान्क्वेटको हलबाट त्यसको बगैंचालाई जोड्छ । प्रत्यक्षदर्शीका अनुसार जन्तीहरु उक्त पूलमाथि करिब १० मिनेटसम्म नाचेका थिए ।

‘बेहुलालगायत १५ व्यक्ति पुल भाँच्चिएपछि नाली खसेको घटनाबारे हामीले  करिब साढे ९ बजेतिर थाहा पायौं । आठ वर्ष मुनीका दुई बालक घाइते भएपछि नजिकैको अस्पताल पुर्याइएको थियो । यसबारे मुद्दा दर्ता गरिएको छैन । दुई पक्षबीच सम्झौता भएको छ,’ मिथिलेस उपाध्याय, स्टेशन आवर अफिसरले जानकारी दिए ।

घटनापछि ब्याङ्क्वेट हलका मालिकले बेहुलाको परिवारलाई तीन लाख भारु क्षतीपूर्ती दिएको छ । त्यसपछि बेहुलाले लुगा फेरेर विवाहको कार्यक्रममा सरिक भए ।

३५ वर्षे बेहुला अमित यादव इन्दिरापुरमका व्यापारी हुन् । यस्तै ३२ वर्षे सोनम दिल्लीकी बासिन्दा हुन् । सोनमका बुवा फूल कुमारले फेब्रुअरी ९ तारिखमा उक्त पार्टी प्यालेस बुक गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप