शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

७० वर्षीय वृद्धबाट १३ वर्षे नातिनी बलात्कृत

सोमबार, २८ माघ २०७५, १३ : २४
सोमबार, २८ माघ २०७५

बुटवल । बलात्कारको अरोपमा ७० वर्षे बृद्ध पक्राउ परेका छन् । ती बृद्धले खुकुरी देखाउँदै १३ वर्षीया आफ्नै नातिनीलाई पटक पटक बलात्कार गरेको आरोपमा गुल्मी जिल्ला प्रहरीले पक्राउ गरेको हो । 

जिल्लाको मालिका गाउँपालिका घमिरका बृद्धलाई  भारतको आशमबाट पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी दिपककुमार बस्नेतले जानकारी दिए ।

‘बाबु कान्छी श्रीमती ल्याएर अन्तै बस्ने, घरमा २ नातिनीहरुमध्ये १३ बर्षिया एक नातिनीलाई खुकुरी देखाउँदै पटक पटक बलात्कार गरेको बाबुसमक्ष पुग्यो र पीडितबाट उजुरी पर्यो त्यसपछि हामीले भारतको आशाम पुगेर पक्राउ गरेर ल्याएका छौं’ एसपी बस्नेतले भने, ‘अदालतमा म्याद थप गरी अनुसन्धान भईरहेको छ’ बस्नेतले बताए । 

प्रहरीले ती बृद्धको नाम गोप्य राखेको छ । 

प्रहरीका अनुसार गुल्मीको जोहाङ्ग स्थित विवाहमा आएका बाग्लुङ्गका २४ बर्षिय युवाले पनि १२ बर्षिया बालिकालाई बिवाह गर्ने प्रलोभन देखाउँदै बलात्कार गरेका छन् । उनलाई गुल्मी लुम्छाबाट प्रहरीले पक्राउ गरेको छ ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप