शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

निता अम्बानीसँग भएका १० सर्वाधिक महँगा वस्तु, मूल्य थाहा पाउँदा उड्छ होस्

सोमबार, २८ माघ २०७५, १४ : १९
सोमबार, २८ माघ २०७५

भारतको सबैभन्दा धनी परिवारको कुरा निस्केनका बेला मुकेश अम्बानी र उनको परिवार शीर्ष स्थानमा आउँछन् । यो परिवार संसारभरी आफ्नो विलासी जीवनशैलीका कारण चर्चामा रहन्छन् । र चर्चामा केन्द्रमा पर्छिन् मुकेश अम्बानीकी श्रीमती निता अम्बानी । आज हामी तपाईंलाई निता अम्बानीसँग भएका १० सर्वाधिक महँगो वस्तुबारे जानकारी दिँदैछौं ।

१. जुत्ताको कलेक्सनः

निता अम्बानी संसारको सबैभन्दा महँगो एवं चर्चित ब्रान्ड पेड्रो गार्सिया, जिमी चु, पेल मोडा ब्रान्डका जुत्ता निता अम्बानी लगाउँछिन् । खबरका अनुसार निता अम्बानीको जुत्ताको मूल्य एक लाख भारुबाट सुरु हुन्छ ।

२. घडीको कलेक्सनः

निता अम्बानीले लगाउने घडी पनि विशेष विश्वप्रसिद्धका नै हुन्छन् । यीमध्ये बुल्गारी, कार्डिएर, राडो, गुची, क्याल्भिन क्लेन र फोसिल समावेश छन् । यी घडीको रेन्ज डेढदेखि दुई लाख भारुबाट सुरु हुन्छ ।

३. गहनाः

निता अम्बानीलाई पारम्परिक सुनका र कुन्दन गहना विशेष रुपमा मनपर्छ । आफ्नो व्यवसायिक क्रियाकलापको क्रममा निता अम्बानी सेलिटेड डायमन्डले बनेको गहना लगाउन रुचाउँछिन् । उनको औंठीको सुरुवाती मूल्य पाँचदेखि सात लाख रुपैयाँ हो । यद्यपी, नितालाई सबैभन्दा मनपर्ने त्यो मूल्यवान हिराको औंठी हो जुन मुकेश अम्बानीले उनलाई प्रेम प्रस्ताव राख्ने बेला दिएका थिए । यसको मूल्य आजभन्दा तीस वर्षअघि १८ हजार सात सय भारु थियो ।

४. एन्टिलिया हाउसः

भारतको सबैभन्दा महँगो घर पनि अम्बानी परिवारको छ । चार लाख स्क्वायर फिटमा फैलिएको यो २७ तल्ले घर संसारको सबैभन्दा आलिशान घर मानिन्छ । यो घरको मूल्य करिब भारु ६५ सय करोड बताइन्छ । यो आलिशान घरमा स्विमिङ पुल, जिम, थिएटर, गार्डन, हेली प्याड । यहाँसम्म कि निता अम्बानीको यो घरमा एउटा ‘स्नो रुम’ पनि छ जसले कश्मिरको कमीलाई पूरा गर्छ ।

५. सारी कलेक्सनः

निता अम्बानीसँग निकै महँगो साडीको कलेक्सन छ । आफ्नो आठ किलोको सारीका लागि निता अम्बानी निकै चर्चामा रहेकी छिन् । नुहन् भने कसरी यो सारीको मूल्य भारु ४० लाख भएको बताइन्छ ।

डिनाइनर सन्दिप खोसला, अबु जानी र अनामिका खन्नाको डिजाइनर ड्रेस उनको पहिलो रोजाई हो ।

६. कार कलेक्सनः

एक सय ६८ वटा कार पार्किङ भएको निता अम्बानीको घरमा रोल्स रोएस, मेबेक सिक्सटीटु, लेम्बोरजिनी, मर्सिडिज एस र मर्सिडिज एसएल ५०० समावेश छन् ।

मेबेक सिक्सटीटु निता अम्बानीलाई निकै मनपर्ने कार हो जसलाई निता अम्बानीका श्रीमान् मुकेश अम्बानीले उपहारस्वरुप लण्डनबाट ल्याएका थिए । मेबेक सिक्सटिटु कारलाई भारतमा ल्याउने मुकेश अम्बानी पहिलो व्यक्ति थिए । यो कारको मूल्य लगभग १० करोड भारु हो ।

७. तीन लाखको चियाः

चियाजस्तो साधारण चिजपनि निता अम्बानीको घरमा तीन लाख पर्छ । निता अम्बानीको चियाको सुरुवात जापानको सबैभन्दा पुरानो क्रोकरी ब्रान्ड नोरिटेकको कपमा हुन्छ ।

नोरिटेक क्रोकरीमा सुनको बोर्डर छ । यसको ५० पिस सेटको मूल्य डेढ करोड भारु छ, अर्थात् एक कप चियाको मूल्य तीन लाख भारु ।

८. ब्याग कलेक्सनः

निता अम्बानीको ब्यागको कलेक्सन पनि शानदार छ । संसारको सबैभन्दा महँगो ब्यागको ब्रान्ड जस्तै हर्मेस, चनेल, गोयार्ड र जिमी चु ब्याग निता अम्बानीको पहिलो रोजाई हो । धेरैजसो कार्यक्रममा निता अम्बानी ग्ल्यामरस गणेश क्लचमा देखिन्छिन् । यी सानो साइजको क्लचमा हिरा जोडिएको हुन्छ । यसको मूल्य तीनदेखि चार लाखबाट सुरु हुन्छ ।

हालै निता अम्बानीलाई डायमन्ड कोटेड ह्यान्ड ब्यागमा देखिएको थियो ।

९. लिपस्टिकः

तपाईंलाई सायद थाहा छैन होला, निता अम्बानीको लाखौंको लिपस्टिक कलेक्सन छ । विशेष अर्डरमा बन्ने उनको लिपस्टिक मूल्य करिब ४० लाख पार हुन्छन् । सुन्दा अचम्म लाग्ला, निता अम्बानीले लगाउने लिपस्टिकमा सुन र चाँदीको पत्र हुन्छन् । साथै, उनको लिपस्टिकको सेड्स पनि निकै विशेष हुन्छन् ।

१०. नीजि विमानः

निता अम्बानीलाई घुम्न निकै मनपर्छ । अम्बानी परिवार जुनसुकै स्थानमा आवत–जावतका लागि आफ्नो नीजि चार्टड विमानको प्रयोग गर्छन् ।

हुन त अम्बानी परिवारसँग थुप्रै नीजि विमान छन् । तर निता अम्बानीसँग एक विशेष नीजि विमान छ जुन उनलाई मुकेश अम्बानीले जन्मदिनमा उपहार दिएका थिए । यो विमानको मूल्य हो करिब चार सय १५ करोड भारु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप